थप समाचारशुक्रबार, जेठ २९, २०७२

शर्माद्वारा रक्त सञ्चार केन्द्रका लागि ६० लाख प्रदान

हिमालखबर

hospतुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र निर्माणका लागि तुलसीपुर– ५ का समाजसेवी वामदेव शर्माले रु ६० लाख प्रदान गरेका छन् ।

शर्माले आफ्नी श्रीमती स्वर्गीय कालिकादेवी आचार्यको स्मृतिमा रक्तसञ्चार केन्द्र निर्माण गर्नका लागि उक्त रकम रक्त सञ्चार केन्द्र निर्माण समितिलाई प्रदान गरेपछि काम शुरु भइसकेको छ ।

सातवटा कोठा रहने गरी लागत योजना बनाएर काम अगाडि बढाइएको निर्माण समितिले जनाएको छ ।

आर्थिक अभाव र उचित स्थानमा जग्गाको उपलब्धता नभएका कारण देखाउँदै लामो समयदेखि अस्पताल परिसरमा रक्त सञ्चार केन्द्रको स्थापना हुन सकेको थिएन ।

उपाध्यायले कालिकादेवी रक्त सञ्चार केन्द्र नामाकरण हुने गरी रक्त सञ्चार केन्द्रका लागि रकम प्रदान गरेका हुन् । केन्द्रको २९ जेठमा शिलान्यास गरिएको छ ।

कालिकादेवी ब्लड बैंक निर्माण समितिका संयोजक विमल रिजालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बोल्ने वक्ताहरुले तुलसीपुर क्षेत्रमा ब्लड बैंक नहुँदा यस क्षेत्रका बिरामीले भोग्दै आएको असुविधाको अब अन्त्य हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>