समाचारशुक्रबार, जेठ २९, २०७२
भारतीय प्रधानमन्त्रीलाई अर्थमन्त्री महतले भेटे

तस्वीर सौजन्य: नेपाली राजदूतावास, नयाँ दिल्ली
भारत भ्रमणमा रहेका अर्थ मन्त्री रामशरण महतले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री कार्यालय नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् ।
भेटमा मन्त्री महतले १० असारमा नेपालमा आयोजना हुने दाता सम्मेलनमा सहभागिताका लागि भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका छन् ।
मोदीले समय मिलेमा सकेसम्म आफैं आउने र केही गरी आफू आउन नसक्ने भए वरिष्ठ मन्त्रीलाई पठाउने बताएको भेटमा सँगै रहेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिएका छन् ।
पहिले मोदीसँग भेटको समय नमिलेपछि विदेश मन्त्री सुषमा स्वराज, अर्थमन्त्री अरुण जेट्लीलगायतलाई भेटेर २९ जेठमा स्वदेश फिर्ता हुने तयारीमा रहेका महतले एक्कासी भेटको अवसर पाएपछि अब शनिबार स्वदेश फर्कने भएका छन् ।
यसअघि शुक्रबार २९ जेठमा महत स्वदेश फिर्ता हुने कार्यक्रम थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
