समाचारशुक्रबार, जेठ २९, २०७२

ताप्लेजुङ: पहिरोमा फसेका १४ को उद्धार

हिमालखबर

ताप्लेजुङको लिवाङमा पहिरो गएपछि फसेका १४ जना स्थानीयको सुरक्षाकर्मीले उद्धार गरेका छन्।

उद्धारका लागि पैदलै घटनास्थलतर्फ गएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र स्थानीयले मिलेर उनीहरुलाई खोक्लिङ र लिवाङको सुरक्षित स्थानमा पठाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।

खराब मौषमका कारण उद्धारमा आएको हेलकोप्टर उड्न सकेको छैन।

आजै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा परेको बस्ती तत्काल सार्ने निर्णय गरेको छ। सबैभन्दा असुरक्षति दोभान बजारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न शुरु गरिएको छ।

त्यस्तै लिङ्कतेप र लिवाङ गाविसको बीचमा पर्ने ओडारमा चार जना उद्धारको पर्खाइमा रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।
घर नै जोखिममा परेपछि ओडारस्थित झोलुङ्गे पुल नजिकै उनीहरु अलपत्र परेका हुन् । लिवाङमा उद्धारका लागि गएका सुरक्षाकर्मीलाई अहिले त्यसतर्फ पठाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>