समाचारशुक्रबार, जेठ २९, २०७२

प्रधानमन्त्री ताप्लेजुङ जान सकेनन्

हिमालखबर

पहिरोले जनधनको ठूलो क्षति पुगेको ताप्लेजुङमा निरीक्षणका लागि प्रधानमन्त्री सुशील कोइराला आउने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

२९ जेठ दिँउसो प्रधामन्त्री कोइरालसहित अन्य नेता र सुरक्षा अधिकारीले पहिरो प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारी भए पनि खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसक्ने भएपछि भ्रमण स्थगित भएको हो ।

प्रम कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानसेनापति गौरवशम्शेर जबराले ताप्लेजुङको पहिरो प्रभावित क्षेत्रकोे भ्रमण गर्ने कार्यक्रम थियो ।

यस्तै उद्वार लागि ग्रामिण क्षेत्रमा गएका सुरक्षाकर्मीलाई पनि लगातारको वर्षाका कारण कठिनाई भइरहेको ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले वताए ।

उता ताप्लेजुङकै दोस्रो ठूलो वजार दोभान तमोरमा आएको बाढीका कारण जोखिममा परेपछि त्यहाँका ७० घर परिवारलाई फुङलिङको देहुलिङगेमा सारिएको छ भने रामदुवालीका ७ घर पनि त्यहीं सरेका छन् ।

लक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>