समाचारशुक्रबार, जेठ २९, २०७२

‘महिलामाथि अनुसन्धान गर्ने प्रहरी पनि महिला हुनुपर्छ’

हिमालखबर

व्यवस्थापिका–संसद् अन्तर्गतको विधायन समितिमा सांसद्हरुले महिला अपराधीलाई अनुसन्धान गर्न महिला प्रहरीकै व्यवस्था गर्नुपर्ने सुझाव राखेका छन् ।

महिला सांसदहरुले अपराधका घटनामा पुरुष प्रहरीले अनुसन्धान र सोधपुछ गर्न नहुने बताएका हुन् । सांसदहरूले राष्ट्रघात गर्ने गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन नमिल्ने खालको कानुन बनाउनुपर्ने सुझाव राखेका दिएका छन् ।

‘फौजदारी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१’ को फौजदारी मुद्दाको कार्यविधि संहिताको छलफलमा सांसद प्रेम सुवालले देशद्रोही, राष्ट्रिय अखण्डतामा गम्भीर प्रभाव पार्नेखालको मुद्दा फिर्ता लिन नमिल्नेखालको कानुन बनाउनुपर्ने सुझाव राखे ।

बैठकमा सांसद अनुराधा थापामगर, नवीन्द्रराज जोशी, हितराज पाण्डे, शिवकुमारी गोतामे, रीता रावललगायतले जाति हत्या, राष्ट्रघात पुर्‍याउनेखालका मुद्दाहरु फिर्ता लिन नहुने कानुनी रुपमा व्यवस्था गर्नुपर्ने सुझाव राखे ।

त्यस्तै, तारादेवी राई, बालकृष्ण खाँड, मदनकुमारी शाहलगायतका सांसदले धर्मका नाममा देशमा धेरै पशुलाई बलि दिने गरेको भन्दै पशुलाई धर्मका नाममा बलि दिन नपाइने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>