थप समाचारशुक्रबार, जेठ २९, २०७२

लिंग प्रत्यारोपण गरिएका पहिलो युवक बुवा बन्दै

हिमालखबर

penis_transplantलिंग प्रत्यारोपण गरिएका विश्वका पहिलो पुरुष एक दक्षिण अफ्रिकी युवक बुबा बन्न लागेका छन् ।

उनको अङ्गले काम गरेको प्रमाण देखिएपछि प्रत्यारोपणमा संलग्न चिकित्सकहरु पनि निकै खुशी भएको दक्षिण अफ्रिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

विशेष शल्यक्रियामार्फत लिंगको सफल प्रत्यारोपण गरिएका विश्वका पहिला पुरुषकी ‘गर्लफ्रेन्ड’ गर्भवती भएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् ।

उक्त अङ्ग प्रत्यारोपणका लागि गरिएको शल्यक्रियामा संलग्न चिकित्सक समूहको नेतृत्व गरेका चिकित्सक एन्ड्रयु भ्यानले भने, “२१ वर्षीय ती युवककी गर्लफ्रेन्ड चारमहिनाकी गर्भवती छन्, यसको अर्थ प्रत्यारोपण पूरै सफल भएको छ ।”

उनले युवती ती पुरुषबाटै गर्भवती भएको कुरामा कुनै शंका नरहेकाले पितृत्व परीक्षण नगरिएको पनि बताएका छन् ।

शल्यक्रियापछि नै ती युवकको अङ्गले राम्रैसँग कामगर्न थालेको थियो र चाँडै उक्त अङ्गले कामगर्न थालेकोमा भने उनी आफैं आश्चर्यचकित भएको बताएका थिए ।

“हामीले त प्रत्यारोपण गरिएको त्यस अङ्गले पूर्ण रुपमा काम गर्ने हुनका लागि कम्तीमा पनि दुई वर्षलाग्छ भनेका थियौँ तर, ती युवकको अङ्गले यति चाँडै नै कामगर्‍यो खुशीको कुरा हो, ” चिकित्सक भ्यानले भने ।

ती पुरुषको परिचय दिइएको छैन र उनलाई अरु कसैले उक्त यौनाङ्ग दान गरेका बताइएको छ ।

गएको डिसेम्बर ११ मा नौ घन्टा लगाएर चिकित्सकहरुको एक ठूलो समूहले उनको शरीरमा लिंग प्रत्यारोपण गरेको थियो ।

केप टाउनको तिगरबर्ग हस्पिटलमा प्रत्यारोपण भएको थियो । उक्त अस्पतालमा गरिएको यो नै पहिलो यौनाङ्गको सफल प्रत्यारोपण हो ।

‘खतना’बाट उनको अङ्गले काम नगर्नेगरी समस्या उत्पन्न भएपछि तीन वर्षमात्र अघि २१ वर्षे युवकको लिंग काटेर फालिएको थियो । त्यसपछि उनलाई एक पुरुषले अङ्ग दान दिएका थिए ।

उनको अङ्ग काटेर फालेपछि उनी तनावमा देखिएका थिए । पछि एकजना अर्को व्यक्तिले यौनाङ्ग दिन्छु भनेपछि ती व्यक्तिलाई नै साथमा लिई उनी उक्त अस्पतालमा पुगेका थिए ।

त्यसयता आफूहरुले पुरुषको यौनाङ्गको प्रत्यारोपण गर्ने काम गर्न थालेको ती चिकित्सकले जनाएका छन् ।

तर चिकित्सक भ्यान भन्छन्, ” हुनत यो कामका लागि निकै धेरै व्यक्ति अस्पताल आउने गर्छन् तर पनि अङ्ग दान दिने व्यक्तिको भने कमी देखिन्छ ।”

हाल पनि उक्त अस्पतामा यौनाङ्ग प्रत्यारोपणका लागि नौ जना व्यक्तिको कार्य भइरहेको उनले जानकारी दिए ।

रासस/एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>