Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'रातो स्टीकर टाँस्नु परेन' - Himalkhabar.com

अन्तर्वार्ता/विचारशनिबार, जेठ ३०, २०७२

‘रातो स्टीकर टाँस्नु परेन’

हिमालखबर

sधरान उपमहानगरपालिकाले २०६४ देखि राष्ट्रिय भवन निर्माण संहिता पालना गरेको बारे उपमहानगरपालिकाका शहरी विकास शाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ भन्छन्, “२०४५ सालको भूकम्पले हामीलाई सिकायो।”

१२ वैशाखमा आएको महाभूकम्पले धरानका घरहरूमा कस्तो असर गर्‍यो?
महाभूकम्पपछि घरको अवस्था परीक्षणका लागि १५० वटा निवेदन परे। तर, एउटै घरमा पनि रातो स्टीकर लगाउनु परेन। दुई प्रतिशतले पहेंलो स्टीकर पाएका, बाँकी सबै सुरक्षित छन्। २०४५ को भूकम्पपछि बनेका पिलरवाला तर मापदण्ड नपुगेका केही घर भने चर्किएका छन्।

समयमै भवन निर्माण संहिता पालना गरिएकाले यस्तो भएको हो?

२०६४ सालमा संहिता लागू भएयता बनेका घरहरुमा क्षति पुगेको छैन। सामान्य भूकम्पमा असरै नगर्ने, मध्यम खालका भूकम्पमा मर्मत गरेर बस्न सकिने र ठूलो भूकम्पमा पनि मानवीय क्षति नहुने गरी भवन बनाउनु नै संहिताको मर्म हो।

संहिता पालना गर्दैमा घर कसरी सुरक्षित हुन्छ?

जोर्नी बलियोसँग कसिएपछि घर ढल्ने संभावना न्यून हुन्छ। धरानमा पिलर र गारोवाला घरका लागि फरक मापदण्ड तोकिएको छ। पिलरवालामा १२/१२ इन्चको, एउटै लाइनमा, पिलर र बीम बलियो तरीकाले बाँधेको, तल्लो तला/कोठामा खुला नछाडिएको, झ्याल/ढोकाको तलमाथि सिल ब्याण्ड गरिएको हुनुपर्दछ। यस्तै गारोवालामा तीनतले घरको गारो कम्तीमा १५ इन्चको हुनुपर्दछ भने दुई तलेको १० इन्च। र, हरेक दुई फिटपछि गारोमा अनिवार्य स्टिच गरिएको हुनुपर्दछ।

यी मापदण्ड पालना गरे/नगरेको फिल्डमै पुगेर हेरिन्छ र पूर्ण पालना, आंशिक पालना र पालना नगरेको प्रमाणपत्र दिइन्छ। आंशिक पालना गरेकोलाई पूर्ण पालना गर्ने निर्देशन दिइन्छ भने पालना नगर्नु सरकारले मान्यता नै नदिनु हो।

संहिता पालना गराउँदा के–कस्ता कठिनाइ सामना गर्नु परेको थियो?
बलियो घर बनाउनुस् भनेर सम्झाउन गाह्रो थियो। शुरुमा ठेकेदारलाई तालीम दियौं। तर घरधनी आफैं यत्रो ठूलो पिलर किन चाहियो भन्थे। अहिले नक्शापास गर्ने बेलामै ठेकेदार र घरधनीलाई परामर्श दिन्छौं। दक्ष जनशक्तिको अभाव थियो।

सबै नगरपालिकामा निर्माण संहिता अनिवार्य बनाउन के गर्नुपर्ला?
प्रचलित ऐन कानून इमानदारीपूर्वक पालना गराए पुग्छ। मान्छेको ज्यान लिने घर बनाउनुलाई कानूनले अपराध भनेको छ। भवन निर्माण सम्बन्धमा ४ जेठमा लिएको उपप्रधानमन्त्रीस्तरीय निर्णय अक्षरशः पालना हुनुपर्छ।

प्रसतुती: सोहन श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>