समाचारआइतबार, जेठ ३१, २०७२
राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको छः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारीभएपछि राष्ट्रपति पद कांग्रेसलाई नै दिने सहमति भएको बताएका छन् ।
बाँकेको कोहलपुरमा ३१ जेठमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले १६ बुँदे सहमति गर्ने बेला नै कांग्रेसलाई राष्ट्रपति दिने ‘गोप्य सहमति’ भएको जानकारी दिए ।
उनले एमाओवादीले राष्ट्रपति पदमा दावी नगर्ने बताएपछि कांग्रेस सहमतिमा आउन तयार भएको दाबी पनि गरे ।
“संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान घोषणा गर्ने हाम्रो मुख्य एजेण्डा हो,” उनले भने “हाम्रा अन्य एजेण्डामा पनि सहमति भएकाले ऐतिहासिक १६ बुँदे सम्झौतामा हस्ताक्षर गरेका हौं ।”
पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीको छोरा अच्युतराज सुवेदीको उपचारका क्रममा निधन भएपछि आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन उनी कोहलपुर आएका हुन् ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>