ब्लगआइतबार, जेठ ३१, २०७२
त्रासदीको त्यो १०० घण्टा
महाविपत्मा हामीबीच देखिएको सद्भाव र एकताले हाम्रो साझा यात्राको भविष्य देखाएको छ ।
करीब दुई दशक भएको थियो, चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजार नगएको । छिमेकका दुईमित्र अघिल्लो साता त्यहाँ पुगेर आएका रहेछन् । आउदो शुक्रबार तातोपानी जाने सल्लाह भयो । शनिबार बिहान घरमै खान आइपुग्ने भनेर अफिसबाट छिटो निस्कन खोज्दाखोज्दै दिउँसोको २ः३० बज्यो ।
त्यसमाथि, सिमसिम पानी पर्न थालेकोले ‘कि अर्को साता जाऔं’ पनि भनें, तर साथीहरूले हिंड्दा पानी पर्नुलाई शुभसाइत भने । हामी बेलुकाको सात बजेतिर तातोपानी पुग्यौं अनि भीरमुनिका अग्ला घरहरू हेर्दै ‘यहाँ पहिरो गए के होला !’ भनेर कुरा गर्दै भोलि चाँडै फर्किंनलाई समयमै सुत्यौं । तातोपानी एक रमणीय धार्मिक प्रकृतिको स्थान । नुहाउने ठाउँ धेरै व्यवस्थित भइसकेको रहेछ ।
महिला र पुरुषका लागि लागि छुट्टाछुट्टै नुहाउने र कपडा फेर्ने ठाउँको व्यवस्था रहेछ । हामी बिहान सातै बजे नुहाएर होटल फर्क्यौं र एकैछिन पारी खासासम्म पुगेर आउन आठबजे लिपिंगतिर उक्लियौं ।
हाम्रा गाडी चालक टेकबहादुर कार्कीले नागरिकता बोक्न बिर्सेछन्, हामी तीनजना मात्र चिनिया अध्यागमनतिर लाग्यौं । तर, नागरिकता राजाको पालामा बनेकोले मलाई पनि चिनियाँहरूले प्रवेश अनुमति नदिएपछि पारि गइसकेका दुई साथीहरू पनि फर्के ।
फर्किन लाग्दा कृष्णजीले चिनेको एक जना भन्सार कर्मचारीले कुरा गरेर खासा जाने बाटो खोलिदिए । हामी १० बजे माथि पुग्दा बजार खुलेकै थिएन । चिया खाएर फर्कन लाग्दा साथीहरू एउटा जुत्ता पसलमा छिरे । त्यतिकैमा घरबाट फोन आयो ।
कहालीको जन्म
घरमा काम गर्नेहरू आएका रहेछन् । फोनमा तिनलाई काम सम्झउन के लागेको थिएँ, सपना (श्रीमती) जोडले चिच्याएको सुनें । के भयो भनेर सोध्न के लागेको थिएँ, सारा पहाड हल्लन थाले ।
खुल्ला ठाउँ हेर्दै सडकतिर दौडँदा आतंकित मानिसहरूको भीडको कोलाहल बीचमा पुगें । वरपर अनगिन्ति घरहरू चिरा पर्दै, लड्दै थिए । यो ठाउँ सुरक्षित छैन भनेर अगाडि जाँदा त झ्न् भवनहरू चर्कंदै, लड्दै गरेको देखें अनि सडकको बीचबाट माथि हेर्दै कुदेर तल्लो चेक प्वाइन्टमा पुगे ।
केबी सँगै थिए, तर कृष्णजी देखिनँ । त्यहाँ दुईसयभन्दा बढी आतंकित मानिसहरू जम्मा भएका थिए । त्यहाँ थुप्रै भवन भत्केका थिए, कुनै चर्केर भत्कन ठिक्क परेका थिए । अगाडि ठूलो पहिरो गएको थियो । त्यसले धेरै घर र गाडीहरू पुरेको थियो । महाविपत्मा परेको कुरामा द्विविधा रहेन ।
यस्तो विनाशको बीचमा उभिएर घरमा फोन गर्न खोजें । लगातारको प्रयासपछि फोन लाग्यो । घर परिवार सबै सुरक्षित रहेको बुझ्ेपछि टेकबहादुरजीलाई सम्झ्ेर फोन गर्दा सकुशल रहेछन् । मानिसहरू दुई किलोमिटर परको चौकीडाँडातिर लाग्दै गरेको सुनायो ।
आफू उभिएको ठाउँ कत्ति पनि सुरक्षित थिएन, तर कता जाने, केही सुझ्रिहेको थिइनँ । त्यतिकैमा अर्को ठूलो झ्ट्का आयो । एकपटक फेरि ठूलो कोलाहल मच्चियो । चिनियाँ प्रहरीहरूले सडकछेउको ठूलो भवन बीचबाट दौडिएर तल जान भने ।
अनि माथिबाट जे झ्रे पनि आएर थुप्रिने ठाउँमा ओत लाग्न पुगियो । देश बाहिर परिवारभन्दा टाढा निरन्तर भूकम्पन आइरहेको थियो । त्यतिकैमा छोराको फोन आयो । उसले धरहरा छैन, भक्तपुरतिर बेहाल छ भन्दा मन झ्नै व्यग्र भयो ।
त्यत्तिकैमा अर्को ठूलो झ्ट्का आयो अनि पुल पारिको डांडा गडड गर्दै झ्रेको देखें । त्यसले सडकछेउका मानिस, गाडी, घर सबै सोहोरेर लग्यो । प्रलयको त्यो दृष्य नसकिंदै पानी दर्किन र भिरालो ठाउँमा बाढी बग्न थाल्यो । मैले एकै छिन खासा उक्लन गर्मी मौसमको लुगामाथि वीनचिटर मात्र हालेको थिएँ । त्यतिकैमा चिनियाँहरूको एउटा टोली तलतिर आयो ।
अगाडि–पछाडि सुरक्षाकर्मी लिएर आएको एकजना ठूलै स्थानीय नेता हुनुपर्छ, उसले चिनियाँ भाषामा केही भने । ‘नआत्तिकन बस्नु, हामी सबै व्यवस्था गर्दैर्छौं’ भनेका रहेछन् ।
साथीहरू नेपालतिर लागौं भनिरहेका थिए । तर, तल ठाडो भीर र त्यसमुनि खोला छ । बाटो थाहा छैन । समयले पनि डाँडा काट्न लागेको बेला चिसो बढ्दै थियो । नजिकै फालिएको चाउचाउको कार्टुन ओछ्याएर भूइँमा बसें, जुन एकै क्षणमा भिजिहाल्यो ।
केही पर २–४ परिवार चिनियाँ रहेछन्, साथीहरूले त्यतै जाउँ भन्न थाले । बेलुका ८ बजेतिर केही चिनियाँहरू पानी, चाउचाउ, बेकरी र जुस लिएर आए । उनीहरूले त्यहाँका चिनियाँहरूलाई थपीथपी ती चिजबिच दिए, हामीलाई केही नदिइ गए । मैले आफ्नो देशको संस्कृति सम्झें ।
डर–त्रासमा मुख, घाटी सुक्छ भन्थे, हो रहेछ । लाज पचाएर पानीको लागि हात पसार्दा तिनले नदेखेजस्तो गरे । अनी मुखै फोरेर ‘वाटर प्लिज’ भनेपछि आधा लिटर पाइयो, हामीले बाँडेर घाँटी भिजायौं । त्यसपछि, कृष्णजी र एकछिनमा केबी पनि ‘पाँच मिनेटमा नफर्के तलै आउनुस्’ भन्दै उँधो झ्रे । डाँडामुनिको ओरालो कति पनि सुरक्षित थिएन ।
माथि बरु रुखहरूले केही छेक्ला कि भन्ने थियो । चिसोले कठ्यांग्रिदै म चाहिं माथीनै बसिरहें । राति ९ः४५ तिर केबी आएर तल जाउँ भन्न थाले । चकमन्न अँध्यारोमा जसोतसो झ्र्यौं । ठूलो खाल्डोमा पुराना जस्ता र बिग्रेको प्लाइको छानो हालेर ८–१० जना नेपाली भाइबहिनी बसेका रहेछन् । कृष्णजी उनीहरूसँगै कम्बलमा गुटमुटिएका भेटिए ।
मैनबत्तीको उज्यालोमा ती भाइबहिनीले ‘लिनुस् दाइ’ भन्दै बियरको क्यान र बिस्कुट दिए । भोकले आन्द्रा बटारिएको थियो, बियर छाडेर बिस्कुट मुखमा हालें । एउटी बहिनीले ‘यहीं बस्नुस् दाइ’ भन्दै आफूले ओढेको पातलो कम्बल मतिर सारिदिइन् । जस्तापातामाथि पानी परिरहेको थियो ।
चिरा परेको डांडा बगेर कतिखेर एउटै चिहान भइन्छ भन्दै आँखा झिमिक्क नगरी रात काटियो । ६० सेकेण्डको मिनेट यति लामो हुने पहिले थाहा थिएन । बिहान ४ः४५ मा भाइबहिनीसँग बिदा मागेर हामी माथि नै उक्ल्यौं । हिजोको ठाउँमा पुगेर हेर्दा माथि हिमालमा हिँउ देखिन्थे भने डाँडाहरू क्षतबिक्षत थिए । अघिल्लो राति १० बजेपछि घरमा सम्पर्क भएको थिएन ।
आइतबारको आतंक
चिनियाँ अधिकारीहरूसँग कुरा गर्दा ‘नेपाल जानसक्ने सबै संभावनालाई पहिरोले पुरिदिएको’ एकहोरो जवाफ दिए । तत्कालै उद्धारको कुनै आशा नदेखेपछि एक घुट्को पानीको लागि समेत हिरिक–हिरिक भएर बस्नुभन्दा सीमा काट्न उचित लाग्यो, तर हिजो अहिल्यै हिंडौ भन्ने साथीहरू नै हच्कन थाले ।
एकजनालाई सीमाको अवस्थाबारे सोध्दा ‘सबै सकियो रे, तर एउटा समूह त्यता हिंडेको छ रे’ भन्यो । अनि म ठूलो स्वरमा कराएँ, “कोही नेपाल जाने हुनुहुन्छ ?”
एकैक्षणमा १५–१६ जना तयार भए । तीमध्ये एक–दुईलाई छोटो बाटो पनि थाहा रहेछ । अनि आँट मारेर बसेका साथीहरू पनि सामेल भए । पहिरो उक्लिंदै, ओर्लिंदै साढे सात बजे सिमानाको चिनियाँ अध्यागमन पुग्यौं, पारि जान दिने आदेश रहेनछ ।
हामी सहित त्यहाँ २–३ सय जना थियौं, ८ः३० बजे बल्ल छोड्यो । मितेरी पुलपछिको दृश्य भयावह थियो । सडक, घर सबै पहिरोमुनी थियो । लिपिंग बजार पूरै ध्वस्त । मानवीय क्षतिको अनुमान गर्नसक्ने अवस्था थिएन । हामी डाँडा उक्लंदै, पहिरोमुनी झ्र्दै र ज्यान जोगाउँदै अगाडि बढ्यौं । थिचिएका घर, गाडी र अनगिन्ति लाश नाँघ्दै बसपार्क आइपुगेर आफ्नो गाडी हेर्दा रुनै मन आयो ।
मेरो गाडी अगाडि टेकबहादुरको पछाडि भाग्ने अर्को गाडीका चालकको लाश रहेछ । पहिरो झ्रिरहेको थियो । भाग्दै, छलिंदै बिहानको सवा नौ बजे चौकीडाँडा पुगेर भीडमा टेकबहादुरलाई खोज्न थालें । उनी डाँडामाथीबाट हात हल्लाइरहेका थिए । उनलाई फुर्तिलो देखेर मन अलि शान्त भयो । अब कसरी घर पुग्ने भन्ने चिन्ता रह्यो ।
हिजो रातिदेखि फोन सम्पर्कको कोशिस नाकाम भइरहेको थियो । नेपाल पसेपछि केही उपाय होला भन्ने थियो, तर चारैतिर बन्द बाटो, संचारबिच्छेद र कोलाहल मात्र थियो । अब उद्धारको प्रतीक्षामा बस्ने वा हिंडेर बाह्रबीसे पुग्ने विकल्प बाँकी रह्यो । त्यसमाथि १२ बजे ठूलो भूकम्प आउँछ भन्ने हल्ला चलेको रहेछ । १२ः०२ मा सानो कम्प आयो पनि । आतंकित मानिसहरू खुशी भए । त्यसलगतै दुई सयभन्दा बढी मानिस बाह्रबीसेतिर लागे । बाटोको अवस्था यकिन नभएकोले हामी त्यहीं बस्यौ ।
एकैछिनपछि अघिल्लो दिनको जस्तै सिन्धुपाल्चोक केन्द्र भएको ठूलो भूकम्पन गयो । मभन्दा केही मिटर पर रहेको मितेरी क्लबको दुईतले भवन ठूलो आवाजका साथ ध्वस्त भयो । मानिसहरू चिच्याउँदै डाँडातिर भाग्न थाले । सबै सकिन्छ जस्तो लाग्यो ।
शून्यतामा पुगेको म जहाँको त्यहीं भएर मृत्युलाई नजिकबाट हेर्ने चेष्टा गरिरहेको थिएँ । अलि पर एउटा डाँडा झ्रेर दुई जनालाई पु¥यो । मैले एकैछिन अगाडि हिंडेकाहरूलाई सम्झें । १५ मिनेट जतिमा फेरि अर्को झड्का दियो । मैले डाँडामाथिका ठूल्ठूला ढुंगाहरूलाई हेरें ।
म उभिएको ठाउँ खाली भैसकेको रहेछ । माथिबाट टेकबहादुरले इशाराले बोलाइरहेका थिए । डाँडामा पुगेर म पनि मकैबारीको डीलमा बसें । मुखमा अन्न नपरेको दुई दिन भएको थियो । पानी चाहिं अघिल्लो राति तीनजनाले बाँडेर खाएका थियौं ।
स्थानीयले त्यही पाल टाग्न थाल्दा हामीले पनि सकिनसकी सघायौं । पाल टाँगिसक्दा झ्पक्कै साँझ् प¥यो । दुईदिनबाट थकित ज्यान पालभित्र बस्न पाउँदा नपाउदै आँखा लाग्यो । तर केही बेरमै आएको झ्ट्काले बिउँझयो । स्थानीयहरूले गुन्द्रुक र भात पकाएका रहेछन्, हामीलाई दिए ।
असाध्यै भोक लागे पनि त्यति धेरै परिवारका लागि सानो डेक्चीमा पकाएको खान्की लिन अप्ठ्यारो लाग्यो, तर उनीहरूले कर गरे । उनीहरूको घर पूर्णरुपमा ध्वस्त भएको रहेछ । भोलिको व्यवस्था थिएन, तर कस्तो मन ! चौरासी ब्यन्जनभन्दा मिठो थियो– त्यो गुन्द्रुक र भात ।
पानी पर्न थालेकोले चीरा परेको डाँडाहरूमा पहिरोको सम्भावना बढ्यो, तर भाग्ने ठाउँ थिएन । १० बजे फेरि जोडले हल्लायो र नजिकैबाट ठूलो आवाज आयो । डाँडा खस्यो भनेर सबै चिच्याए ।
सकसपूर्ण सोमबार
तेस्रो दिन सोमबार बिहान लिपिंगको एनसेल टावर चलाउनुपर्यो भनेर सशस्त्र प्रहरीका इन्स्पेक्टर टी.जे. बस्नेतसँग कुरा गर्दा उनले १० जना सुरक्षाकर्मीको टोली ठीक पारे, तर जेनेरेटर चलाउने प्राविधिक माथि जान मानेन । जानीजानी मृत्युको मुखमा जान के मानोस् ! अनि मितेरी क्लबका युवकहरूमध्ये दुई जना तयार भए । टोली लिपिंगतर्फ लाग्यो, संचार चल्ने आश भयो । बाटोभरिका घाइते र लासको उद्धार तथा राहतको लागि संचार निर्विकल्प थियो ।
त्यही बेला केबी र टेकबहादुरले कृष्णजी हिंडेर अगाडि गएको सुनाए । हत्तेरी, मैले टाउँकोमा हात राखें । उनको सलामतिको कामना गर्नुबाहेक अर्को उपाय थिएन । त्यहीबीचमा लिपिंगतिर धूवाँको मुस्लो देखेर जेनेरेटर चल्यो होला भन्ने मानियो, तर पड्केको रहेछ । निकैबेरपछि सशस्त्रको टोली तारका त्यान्द्राहरू बोकेर आयो । उनीहरूले संचार समानहरू ल्याएका रहेछन् । त्यसमा सेट जोडेपछि सबैतिर सम्पर्क शुरु भयो ।
हामी बसेका डाँडामा रहेका करीब ६ सयमध्ये तीन दर्जन घाइते र करीब २०० विदेशी थिए । अपरान्ह चार बजेतिर परको डाँडामाथि हेलिकप्टर देखियो, तर नआई फर्कियो । त्यसको आधा घण्टापछि देखिएको अर्को हेलिकप्टर पनि अन्तै मोडियो । पाँच जना आएको सैनिक हेलिकप्टरले चालक दलबाहेक तीन जना बोक्न सक्ने रहेछ । त्यसले अँध्यारो नहुञ्जेल तीन पटकमा नौ जना घाइतेको उद्वार गर्यो ।
अर्को दिन बास खोज्न अलि माथि उक्ले, तर निरन्तरको धक्काहरूबीच चीरा परेको पहाडमा रात काट्न मुस्किल थियो । त्यसमाथि, पानी पनि परिरहेको थियो । अनि तलै झरें । चार दर्जन परिवार र बालबच्चा ओत लागेको पालमा सुत्ने–बस्ने त के टेक्ने ठाउँ समेत भएन । खाना पनि केही भएन । केबी बिहानै हिंड्नुपर्छ भनिरहेका थिए । बिहान हुँदा आज पनि बाँचेकोमा खुशी लाग्यो ।
मंगलबारको आतेश
भग्नावशेष र पहिरोमा पुरिएको सयौ लास झ्क्नि त नसकेको बेला सडक खुलेर सरक्क घर पुग्ने आशा थिएन । चौथो दिन मंगलबार बिहान ४ः३० बजे उठियो, हिंड्ने सुरले । त्यही बेला काठमाडौंबाट तीन दिनमा आइपुगेका दुई जना भाइहरूलाई बाटोको अवस्था सोध्दा हंशले ठाउँ छाड्यो । उनीहरूले पहाडबाट निरन्तर पहिरो गइरहेको बताउँदै हिड्न निरुत्साहित गरे । उनीहरू भगवान जप्दै, लाशमाथि टेक्दै र अर्धमृतहरूको चित्कार नसुनेजस्तो गर्दै आइपुगेका रहेछन् ।
त्यसपछि के गरौं भनेर इन्स्पेक्टर बस्नेतसँग कुरा गर्दा सिन्धुपाल्चोकका सहायक सीडीओ र गैर–आवासीय नेपाली संघ (एनआरएन) कै केही साथीहरू पनि त्यहाँ थुनिएको थाहा भयो । त्यसपछि फेरि हेलिकप्टरको प्रतीक्षा शुरु भयो । बिहान ११ बजे उही तीन सिटर सैनिक हेलिकप्टर आएर तीन जना बिरामी लग्यो । इन्स्पेक्टर बस्नेतले कसैलाई केही सन्देश भए भन्नु्स्, रेडियोबाट रीले गर्ने कोशिस गर्छु भनेपछि डा.उपेन्द्र महतोलाई म विपतमा रहेको खबर लेखें ।
त्यसैबीच, सीडीओ र सशस्त्रका चीफ आउन लागेको सुनियो । पीडितहरू आतंकित त थिए नै, मन्दगतिको उद्धार कार्य देखेर आक्रोशित पनि भइसकेका थिए । अपरान्ह ४ः३० बजे सीडीओ र सशस्त्रका एकजना डिआईजी ओर्लिए– दुई बोरा चामल, चिउरा र केही चाउचाउ लिएर । पानी परिरहेको थियो ।
उनीहरूलाई हामी केही भनिरहेका थियौं, तर झरी र हेलिकप्टरको आवाजले के सुने, के सुनेनन्, थाहा भएन । उनीहरू तीनजना घाइते लिएर उडिहाले ।
अनि डाँडाको खाल्टो पुरेर हेलिप्याड फराकिलो पारे ठूलो हेलिकप्टर आउँछ भन्ने कुरा भयो । उत्साहित हुँदै सबैलाई डाकेर लाइन बनाई खाल्डोमा ढुंगा–माटो हाल्न थाल्यौ ।
त्यतिकैमा एक जनालाई चोर भनी घिसार्दै ल्याए । हेलिप्याड बनाउन छोडेर सबै चोर कुट्नतिर लागे । सशस्त्रका भाइहरूले तत्काल आफ्नो नियन्त्रणमा लिएर माथि राख्न नपठाएको भए ती ‘चोर’ मारिने थिए होला ।
तीन घण्टाको प्रयासमा हेलिप्याड फराकिलो बनाइसक्दा झ्मक्क साँझ् प¥यो । मनले भन्न थाल्यो– भोलि पक्कै ठूलो हेलिकप्टर अवतरण गर्नेछ । चारदिन भैसकेको थियो, आइतबार बेलुकीबाट पेटमा अन्न नपुगेकोले भोकले ज्यान जलाइरहेको थियो । त्यो साँझ् ढिडो र गुन्द्रुक पकाएका स्थानीय दिदीहरूले फेरि आफ्नो भाग काटे । एउटा परिवार अर्को ठाउमा सरेकोले अडेस लाग्ने ठाउँ पनि भयो । घरीघरीको कम्पनमा ब्यँुझ्ने र निदाउने गर्दै रात काटियो । अब त उद्वारको प्रतीक्षा पनि चरम अवस्थामा पुगिसकेको थियो ।
महामारीको त्रास
शनिबार बिहान तातोपानीमा फेरेको कपडा पाँचौ दिनसम्ममा गन्हाउन थालिसकेको थियो । अन्न नपाएको शरीरले सामान्य प्राकृतिक प्रकृयामा असन्तुलन देखाइसकेको थियो । बसेको ठाउँ वरिपरि पुरिएका लाश र सयौ व्यक्तिले जथाभावी त्यागेको मलमुत्रले पूरै डाँडा दुर्गन्धित हुँदै थियो । र पनि, आज कसैले हिंडेर जाने कुरा गरेंन ।
सबै उद्धार नभइञ्जेलसम्म कसरी सुरक्षित र व्यस्त हुने भनेर सोचिरहेका थिए । कतै फोन सम्पर्क नहुँदा स्थानीयसँग घुलमिल बढेको थियो । परिवारको हालखबर थाहा नभएको चार दिन भएको थियो । घरमा आफू सुरक्षित रहेको जनाउन नसक्दा बडा पीडा भइरहेको थियो । एक्लै हिंडेको साथी घर पुग्यो, पुगेन थाहा थिएन ।
बिहान १० बजेबाट आउन थालेको हेलिकप्टरले घाइते र विदेशीहरूलाई प्राथमिकता दिनु स्वभाविक थियो । सोचे– फोन सम्पर्क मात्र हुन सकेको भए हामी पनि ‘एयरलिफ्ट’ हुन सक्थ्यौं कि । ११ बजेतिर स्थानीय नवीन भाइले ‘कसैलाई म्यासेज गर्नुहुन्छ भने मेरो चाइनिज मोबाइलबाट हुन्छ’ भनेपछि सबभन्दा पहिले सपनालाई म सुरक्षित रहेको म्यासेज पठाएँ । त्यसपछि डा. महतोलाई ‘सिन्धुपाल्चोकको चौकीडाँडामा उद्धारको पर्खाइमा छु’ भनेर एसएमएस गरें ।
धेरैबेरसम्म पनि जवाफ नआउँदा एसएमएस गएको भन्नेमै शंका लाग्न थाल्यो । यत्तिकैमा आफूसँग रहेको एनसेल मोबाइल शनिबार रोमिंगमा चलेको सम्झेर अरुको ब्याट्रीप्याकमा जोडेर नेटवर्क सर्च गर्दा चाइनिज नेटवर्कमा जोडियो । त्यसपछि सपनालाई फोन गर्दा सम्पर्क हुन सकेन, डा. महतोले उठाएनन् । त्यसपछि छोरालाई डायल गर्दा कुरा हुन सक्यो । छोरालाई तुरुन्त उपेन्द्र अंकलको घरमा जान भनें ।
एसएमएस पाएर उद्धारको प्रयास शुरु भइसकेको रहेछ । त्यसपछि मेरो फोनको ब्याट्री नसकुञ्जेल एकपछि अर्को गर्दै अनेकौं हातमा स¥यो । अनि फेरि ल्याप्टपमा जोडेपछि फोन पुनः चालू भयो । त्यतिकैमा एउटा हेलिकप्टर आयो । अगाडि भएको सल्लाह अनुसार, मसहित तीन जना उद्धार पहलको लागि चौतारा जाने भनेर हेलिकप्टरतिर गयौं, तर त्यो घाइतेहरूले भरिइसकेको थियो । एकजनालाई झरेर मलाई पठाउने कुरा हुँदा मैले मानिनँ ।
त्यसपछि सिमसिम पानी पर्न थाल्यो । भूकम्पले आफ्नो तान्डव जारी राखेको थियो । त्यतिकैमा खोलापारि चिनपट्टि बम पड्केजस्तो आवाज आयो । यसो हेर्दा ठूलो सुख्खा पहिरो झर्दै थियो । हामी बसेको डाँडा पनि झ्र्न लागेको हो कि भनेर उँभो हेरेको, होइन रहेछ । अनि बेस्कन भोक लाग्यो ।
टेकबहादुरलाई भनेपछि उनले कताबाट हो, उही चाउचाउ मिसाएको ‘रेडिमेड’ खाजा लिएर आए । घटनाचक्र यसरी नै चलिरह्यो ।
म हमेसा जस्तै हेलिप्याड एरियामा गएर चाउचाउ चपाउँदै साथिहरूसँग अब के–कसो गर्ने भन्ने सल्लाह गर्दै थिएँ– राहत सामग्रीसहित सिम्रिक एअरको हेलिकप्टर आयो । हेर्दाहेर्दै अर्को हेलिकप्टर पनि नजिकियो र दुवै हेलिकप्टर भरिए । म हेरिरहेको थिएँ । त्यत्तिकैमा इन्स्पेक्टर बस्नेत आएर हात तान्दै हेलिकप्टरमा लग्दा क्याप्टेनले अगाडिको सीटमा बसेर ‘हेडसेट’ लगाउन भने ।
म जिल्लिरहेको थिएँ । मैले साथीहरूसँग विदा समेत माग्न नपाउँदै हेलिकप्टर निकै पर पुगिसकेको थियो । मन खुशीभन्दा बढी खिन्न भइरहेको थियो । त्यत्तीकैमा को–पाइलटले यात्री सबैको नाम लेख्न भने । उनले मेरो नाम भने पहिल्यै लेखिसकेका रहेछन्, तर मैले उनलाई चिनेको थिइनँ ।
प्रकृतिको विनाशलीला हेर्दै चौतारामा ओर्लिएपछि सीडीओ, एलडीओसँग परिचय गरेर माथिको अवस्था अवगत गराउँदै उद्धार र राहतमा जोड दिन अनुरोध गर्न केही बेर दौडधुप गरियो । त्यसपछि साँझ्मा पानी पर्न लागेको बेला एक जना सैनिक अधिकृतले काठमाडौं जान लागेको हेलिकप्टरमा सवार हुने व्यवस्था मिलाइदिए । सीट हटाएर घाइतेहरू राखिएको हेलिकप्टरभित्र पसेर एउटा छेउमा बसें । साझ् ७.२६ बजे काठमाडौ ओर्लेपछि उद्धारमा सहयोग गर्ने सबैलाई एसएमएसबाटै धन्यवाद दिएँ ।
साझा भविष्य
करीब एक शताब्दीपछि हाम्रो पिंढीले महाभूकम्पको यो त्रासदी बेहोर्नुप¥यो । महाभूकम्पपछिको सय घण्टामा मैले अनेकन पटक मृत्युको अनुभव गरें, जिन्दगीको लागि लालयित भएँ र मृत्युको विभत्सता नियालें ।
त्यो त्रासदीमा बाँचेको बयान गर्न सकिए पनि भइसकेको जनधनको अपूरणीय क्षति तथा पीडा वर्णन बाहिर छ । यो राष्ट्रिय विपत्मा अनेक ठाउँ ध्वस्त भएका छन् । मेरो मस्तिष्कको केन्द्रमा भने प्रत्यक्ष देखेभोगेको सिन्धुपाल्चोक नै छ ।
त्यहीकारण हो, एनआरएनका पूर्व महासचिव रतन झले दुई दर्जन स्वयंसेवक परिचालन गरेर भूकम्प प्रभावित क्षेत्रमा भोजन उपलब्ध गराउने कुरा गर्दा मैले सिन्धुपाल्चोकमा गर्नु भनें । त्यसको शुरुवात गर्न सडक खुल्ने संकेत पाउनासाथ गाडीले बोक्न सकेजति दाल, चामल, चिउरा, चाउचाउ, पाल आदि लिई लिपिंग गएर आफू बस्दा चिने जानेका स्थानीय, समाजसेवी, मितेरी क्लबका सदस्यहरू, सशस्त्रका भाइहरूलाई भेटें ।
त्यसरी म पुग्दा बाहिरकाहरू गइसकेका रहेछन्, स्थानीय पीडितहरू पनि पातलिएका थिए । हामीलाई बस्न–खान दिएका दिदीहरू भने त्यही पालमुनि भेटिए । मैले लगेका चिजबिज लिन अनुरोध गर्दा उनीहरूले सरकारी हो भने मात्र सित्तैमा लिने अड्डी लिए ।
तर, मैले राहत दिनेभन्दा पनि सद्भावको प्रयास मात्र थियो, जुन उनीहरूले विपत्कै बीच मलाई सिकाएका थिए । यस महाविपत्को बेला हामी नेपालीबीच प्रकट भएको सद्भाव र एकताले हाम्रो साझ यात्राको भविष्य देखाएको महसूस मैले गरेको छु ।
(शाह गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष हुन्)