समाचारआइतबार, जेठ ३१, २०७२
एक महिनाभित्र नयाँ सरकारः उद्योग मन्त्री
उद्योग मन्त्री महेश बस्नेतले अबको एक महिनाभित्र नयाँ सरकार गठन हुने बताएका छन् ।
भक्तपुरको चित्तपोलमा सूर्यविनायक नगरपालिका–१३ वडा कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले अब बन्ने सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।
नयाँ बन्ने सरकारले पुनःनिर्माण र भूकम्पपीडितको उचित व्यवस्थापन गर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले विपत्तिले ल्याएको चुनौतीलाई सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गर्ने २०५ जनालाई टीका र खादा ओढाएर स्वागत गर्दै उहाँले नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>