समाचारसोमबार, जेठ ३२, २०७२
१२ दिनभित्र नयाँ संविधानको प्रारम्भिक मस्यौदा
संविधानसभाले १५ दिनभित्र प्रारम्भिक मस्यौदा तयार पार्न निर्देशन दिएपछि मस्यौदा समितिले १२ दिनको कार्यतालिका तय गरेको छ ।
मस्यौदा समितिको पहिलो बैठकले १२ दिनभित्र प्रारम्भिक मस्यौदा तयार बनाउने कार्यतालिका बनाएको हो । सभासद् कृष्णप्रसाद सिटौला सभापति रहेको समितिलाई संविधानसभाले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनलाई मस्यौदा बनाउन निर्देशन दिएको छ ।
मस्यौदा समितिको बैठकमा संविधानसभाको बैठक बहिष्कार गरेका साना पाँच दल पनि सहभागी भएका छन् । मधेश केन्द्रीत चार दल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका सभासद्हरु बैठकमा सहभागी भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>