समाचारसोमबार, जेठ ३२, २०७२

बालबालिका रेखदेख अनुमतिबारे बैठक बस्दै

हिमालखबर

भूकम्प प्रभावित बालबालिका रखेदेख गर्न चाहने व्यक्ति वा संस्थालाई अनुमति दिने वा नदिनेबारे गृहमन्त्रालयमा बैठक बस्दैछ ।

स्रोतका अनुसार भूकम्प प्रभावित बालबालिकालाई कुनै व्यक्ति वा संस्थाले रेखदेखसहित जिम्मा लिन चाहे दिने वा नदिने भन्नेबारे मन्त्रालयबीच मत बाझिएपछि बैठक बस्न लागेको हो ।

शिक्षा मन्त्रालय दिनुपर्ने पक्षमा र बालबालिका मन्त्रालय दिन नहुने पक्षमा छ । यसबारे अहिले साँझ गृहमन्त्रालयमा बस्ने बैठकले टुंगो लगाउने गृह प्रवक्ता लक्ष्मी ढकालले बताए ।

१२ वैशाखको महाभूकम्पपछि पढाइदिने, रेखदेख गर्ने भन्दै विभिन्न व्यक्ति तथा संस्थाले बालबालिका जिम्मा लिएर राख्न थालेपछि यसबारे छलफल हुन लागेको हो । महाभूकम्प लगत्तै २४ वैशाखमा धादिङबाट काठमाडौं ल्याउँदै गरेको ४० बालबालिकालाई केन्द्रीय बालकल्याण समितिले उद्धार गरेको थियो ।

यस्तै, लमजुङमा पनि भूकम्प प्रभावित बालबालिकालाई अवैध रुपमा एक संस्थाले राखेको भन्दै ४ जेठमा १० जना बालबालिकाको उद्धार गरिएको थियो ।

यता, भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठहरुमा पनि धेरै संख्यामा भूकम्प प्रभावित बालबालिका राखिएको छ ।

महाभूकम्पबाट प्रभावित झण्डै १० लाख बालबालिका अहिले उच्च जोखिममा परेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>