Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राखेप सदस्य सचिवमा नगरकोटी - Himalkhabar.com

खेलकुदसोमबार, जेठ ३२, २०७२

राखेप सदस्य सचिवमा नगरकोटी

हिमालखबर

11412410_1030182116992560_177573274064543813_nनेपाली खेलकुदको इतिहासमा पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिवमा सकुन्तला नगरकोटी नियुक्त भएकी छिन् ।

२०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मिएकी नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन् । उनले आजै पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

“खेलकुदलाई माथि उठाउनका लागि खेलकर्मी, खेलसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठन, राजनीतिक दलका नेता सबै एकजुट भएर लाग्नुपर्छ”, उनले भनिन् । उनले महाभूकम्पका कारण अस्तव्यस्त भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तोकिएको समय आगामी असार ५ गते नै सञ्चालन हुने प्रतिबद्धता जनाइन् ।

सदस्य–सचिव नगरकोटी २०४६ मा कबड्डी र भलिबल खेलकी राष्ट्रिय खेलाडी थिइन् । २०५१ देखि खेलसँग सम्बन्धित विभिन्न खेलकुद सङ्घमा पदाधिकारीका रुपमा रही काम गरेकी उनी नेकपा एमाले डडेल्धुराको उपसचिव समेत हुन् ।

त्यस्तै राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले सदस्य–सचिव नगरकोटीलाई सफलताको शुभकामना दिँदै अहिलेको टिममा एकता भएको हुँदा खेलकुद क्षेत्रको विकासमा कुनै कमी नरहने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>