थप समाचारसोमबार, जेठ ३२, २०७२
बलात्कार अभियोगमा प्रहरी नै पक्राऊ
पाँचथरको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दिपेस चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ ।
३१ जेठ साँझ स्थानीय ५७ वर्षीय एक बृद्वालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दिपक पोखरेलका अनुसार चौधरीले बलात्कारको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरी निरिक्षक टोलीले नियन्त्रणमा लिएको हो ।
चौधरी घरमा पैसा पठाउँछु भन्ने चौकीबाट बाहिरिएका थिए । त्यसपछि गाँउमा मदिरा सेवन गरी अन्य दुईजना महिलामाथि पनि हातपात गरेको स्थानीयले बताए ।
गाँउभर वितण्डा मच्चाउदै हिँडेको भन्दै स्थानीयले कार्बाहीको माग गर्दै अमरपुर बजारमा प्रदर्शन समेत गरेका थिए । चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको डिएसपी पोखरेलले वताए ।
-लक्ष्मी गौतम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
