समाचारसोमबार, जेठ ३२, २०७२

वैद्य नेतृत्वको ३३ दलीय मोर्चा फुट्यो

हिमालखबर

दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानबाट बनेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा फुटेको छ ।

मोर्चामा आवद्ध राष्ट्रिय एकता मञ्चका शोभाराम थापाले छुट्टै कार्यालय थालेर सहसंयोजक घोषणा गरेपछि मोर्चा फुटेको हो । माओवादीका अध्यक्ष मोहन वैद्य र थापा दुवैले एकअर्कालाई मोर्चाबाट निष्काशन गरेको जनाएका छन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाका अनुसार शोभाराम थापा मोर्चाको नीति विपरीत राष्ट्रपति र प्रधानमन्त्री समक्ष डेलिगेसन गएकाले उनलाई निष्काशन गर्ने निर्णय गरिएको हो । यता, शोभाराम थापाले पनि मोर्चाको नीति बिपरीत वैद्य एमाओवादीसँग एकता र सरकारसँग बार्तामा बसेकाले निष्काशन गरिएको जनाएका छन् ।

वैद्य र थापाले छुट्टा छुट्टै भेला बोलाएर एकअर्कालाई कार्बाहीको निर्णय गरेका थिए । वैद्यले आफ्नो पक्षमा २५ दल रहेको दावी गरेको छ भने थापाले पनि आफ्नो पक्षमा ३२ दल रहेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>