समाचारसोमबार, जेठ ३२, २०७२

मधेशी जनाधिकार फोरम, संघीय समाजवादी र खस राष्ट्रिय समावेशी पार्टीबीच एकता

हिमालखबर

uaमधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच एकता पार्टी एकता भएको छ ।

एकीकरणपछि बनेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव रहेका छन् भने बरिष्ठ नेता अशोक राई छन् । राई संसदीय दलका नेता समेत रहनेछन् ।

पाँच उपाध्यक्षमा लालबाबु राउत, रेणु कुमारी यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की उपाध्यक्ष छन् । समावेशी पार्टीका अध्यक्ष युवराज कार्की एकीकरणपछि उपाध्यक्ष भएका छन् ।

संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ सहअध्यक्ष भएका छन् । दुई महासचिव पदमा रामशहायप्रसाद यादव र रणध्वज कन्दङवा छन् ।

उपमहासचिव पदमा अभिषेकप्रताप साह र दानबहादुर विक छन् भने रत्नेश्वरलाल कायस्थ र परशुराम बस्नेत छन् । कोषाध्यक्षमा भने विजयकुमार यादव छन् ।

पार्टी एकीकरणपछि संविधानसभामा पाँचौ ठूलो दल बनेको छ । फोरम नेपालसँग १० जना संघीय समाजवादीसँग ५ जना सभासद् छन् ।

एकल जातीय पहिचानसहितको संघीयताका लागि एमाले तयार नभएको भन्दै तत्कालीन उपाध्यक्ष अशोक राईले संघीय समाजवादी पार्टी गठन गरेका थिए भने मधेशी जनाधिकार फोरम नेपाल नामक गैरसरकारी संस्थालाई यादवले २०६३ पछि राजनीतिक पार्टीमा रुपान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>