समाचारमंगलबार, आषाढ १, २०७२
भारतीय वन रक्षकद्वारा तीन नेपाली वेपत्ता, सीमा नाका बन्द
भारतीय वन रक्षकद्वारा बर्दिया जमुनीबाट ३ नेपाली नागरिक वेपत्ता बनाइएका छन् ।
जमुनी नजिकैको भारतीय वनमा बाख्रा चराउन गएका बर्दिया जमुनी– १ का ५५ वर्षीय धन बहादुर सुनार, ३० वर्षीय किरण राई, र २३ वर्षीय गोरे नेपाली एक सातादेखि सम्पर्कविहीन रहेको गोरे नेपालीकी आमा मंगलीले जानकारी दिएकी छन् ।
स्थानीयका अनुसार उनिहरुलाई भारतीय वन रक्षकहरुले पक्राउ गरि बेपत्ता बनाएका हुन् ।
बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राम परियारले भारतीय वनको ‘प्लान्टेसन’मा बाख्रा चराउन गएकोले भारतीय वन रक्षकले पक्राउ गरेको बताएका छन् । उनिहरुलाई छुटाउनका लागि भारत बहराइचका डिएम (जिल्ला अधिकारी)सँग कुराकानी भैरहेको उनले जानकारी दिए ।
जमुनी नाकाबाट यसअघि पनि पटक पटक नेपाली नागरिकहरु बेपत्ता हुँदै आईरहेका छन् ।
जमुनीकै धन बहादुर शाहीलाई भारतीय प्रहरी बल एसएसबीले यसअघि बेपत्ता बनाएको थियो । उनको अझै पत्तो लागेकोे छैन । त्यस्तै २०५३ जेठ महिनामा भैंसी चराउन गएका मंगल तामाङ्गलाई भारतीय प्रहरीले गोली प्रहार गरी हत्या गरेको स्थानीय बताउँछन् ।
तीनदिनदेखि नेपाल–भारत सीमा नाका ठप्प
भारतीय वन रक्षकहरुले नेपालीहरुलाई बाख्रा सहित पक्राउ गरि बेपत्ता बनाएपछि स्थानीयले बर्दिया जमुनी नाका तीन दिनदेखि ठप्प पारेका छन् ।
बर्दियाको पश्चिम क्षेत्रको नाका जमुनी फुटाहा र कालिका नाका स्थानीयले ठप्प पारेका हुन् । नाका बन्द भएपछि नेपाल–भारत आवत जावत गर्नेहरु सीमामै अलपत्र परेका छन् ।
केशव राना/बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
