समाचारमंगलबार, आषाढ १, २०७२

‘सगरमाथा तीन सेमी दक्षिणपश्चिम सर्‍यो’

हिमालखबर

फाइल तस्वीर: एएफपी

फाइल तस्वीर: एएफपी

चिनियाँ ‘नेशनल सर्भे एजेन्सी’ ले १२ वैशाखको भूकम्पका कारण सगरमाथा ३ सेन्टिमिटर (१.५ इन्च) दक्षिणपश्चिम सरेको जनाएको छ ।

पछिल्लो दशकमा ४ सेमी प्रतिवर्षका दरले ४० सेमी उत्तरपूर्व सरेको र तीन सेमी अग्लिएको सगरमाथा त्यसविपरित भूकम्पपछि ३ सेमी दक्षिणपश्चिम सरेको ‘नेशनल सर्भे एजेन्सी’ लाई उद्धृत गर्दै चाइना डेलीले उल्लेख गरेको छ ।

१२ वैशाखको भूकम्पसँगै सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा परेर १८ जनाको मृत्यु भएको थियो , त्यसपछि  यस वर्षका लागि सगरमाथा आरोहण स्थगित गरिएको छ ।

एजेन्सीको रिपोर्टमा १२ वैशाखमा गएको ७.८ म्याग्निच्यूडको भूकम्पले सगरमाथालाई केही सारेको भए पनि २९ वैशाखमा गएको भूकम्पले भने कुनै प्रभाव नपारेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>