थप समाचारमंगलबार, आषाढ १, २०७२
चोरीका ३३ वटा ल्यापटप सहित अभियुक्तहरु पक्राउ
नेपाल प्रहरीले चोरीका ३३ वटा ल्यापटपसहित दुई अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले नुवाकोटको कल्याणपुर–५ स्थायी ठेगाना भई धापासी बस्ने ३२ वर्षीय कुमार थापा भन्ने तेजबहादुर मगर र मोरङ मधुमारा स्थाई ठेगाना भई कोटेश्वर बस्ने राहुल गुप्तालाई पक्राउ गरेको हो ।
२८ जेठ राति काठमाडौंको टोखा स्थित चेल्सी एजुकेशन सेन्टरबाट उनीहरुले ३७ थान ल्यापट चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै अभियुक्तलाई महानगरीय प्रहरी परिसर पठाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
