समाचारमंगलबार, आषाढ १, २०७२

१६ बुँदे सहमतिविरुद्ध रीट दर्ता गर्न आदेश

हिमालखबर

दलहरुबीच भएको १६ बुँदे सहमति विरुद्ध सर्वाेच्च अदालतमा आज रीट निवेदन दर्ता भएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले चार दलले गरेको सहमति दर्ता गर्न आदेश दिएकाले रीट दर्ता भएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले बताए । रीट निवेदनमा भनिएको छ, “गत जेठ २५ गते नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बीच भएको १६ बुँदे सहमति भएको बुँदा नम्बर १, २, ३, ५, र १३ संविधान विपरीत छ ।”

सहमतिको बुँदा नं १, २ र ३ मा प्रदेश सीमाङ्कन सम्बन्धमा एक सङ्घीय आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा व्यवस्थापिका संसद्ले दुई तिहाई बहुमतले अन्तिम निर्णय गर्ने भनिएको कुरा अन्तरिम संविधानविपरीत भएको रिट निवेदनमा उल्लेख छ ।

सहमतिको ५ नं बुँदामा प्रतिनिधिसभामा कुल २७५ सदस्य रहनेछन् भन्ने कुरा भूगोलका आधारमा नभई जनसङ्ख्याका आधारमा मात्र १६५ संसदीय निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, यदि जनसङ्ख्याका आधारमा गरिएन भने कसैले खसालेको मतको महत्व बढी र कसैले खसालेको मतको महत्व कम हुने भएकाले उक्त बुँदा समानताको हक र लोकतन्त्रको सिद्धान्त विपरीत भएको प्रस्तुत रिटमा निवेदनमा भनिएको छ ।

सहमतिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता विजयकान्त कर्णले गत २९ जेठमा रीट निवेदन दर्ता गर्न खोज्दा दरपीठ गरिएको छ । दर्ता गर्न अस्वीकार गरिएको दरपीठमा निवेदन संवैधानिक र कानुनी प्रश्न नभई राजनीतिक दलबीच भएको सहमतिको विषय भएको जनाइएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>