समाचारबुधबार, आषाढ २, २०७२

आफैँले बनाएको हतियार पड्केर किशोरको मृत्यु

हिमालखबर

दोलखाको जुगु गाविस–३ का एक किशोर आफैँले बनाएको खेलौना बन्दुक (हतियार) पड्काउँदा मृत्यु भएको छ ।

ती बालक हु्न्, १२ वर्षीय पृतम जिरेल । पृतम कक्षा ८ मा पढ्थे । परिवारको भनाई अनुसार उनी सानैदेखि बन्दुकका विषयमा चासो गरिरहन्थे । सेना, प्रहरी र द्वन्द्वकालमा माओवादीले समेत बन्दुक बोकेको देखेका पृतमले भरुवा बन्दुकको आकार तयार गरेछन् ।

बन्दुकको आकार तयार भएसँगै बन्दुकको नालको रुपमा प्रयोग गरिएको ‘डिसहोम’को फलामको पाइपमा सलाइको बारुद भरेर नालभित्र हालेर पड्काउँदा उनको ज्यान गएको हो ।

उनको मृत्यु नै उनले प्रयोग गरेको डिसहोमको पाइपमा भरेको सलाईको बारुद र फलाम बन्यो । बारुद रहेको फलामको पाइपमा सलाई कोरेर बाल्दा उनको टाउकोमा लागि मृत्यु भएको हो ।

उनको टाउको पाइपले छेडेको छ ।

उनले खेलौना हतियार (बन्दुक) बनाउन काठ, काँटी, डिसहोमको पाइप, सलाइको बारुद प्रयोग गरेको प्रहरीले जनाएको छ ।

“छोरो हिजोआज विद्यालय राम्रोसँग सञ्चालनमा नआएका कारण साथीभाइसँग खेल्न जान्थ्यो, हामीले खासै चासो गरेनौं, तर आज खेल्न पठाउँदा ज्यान गयो,” पृतमका बुवा विनोद जिरेल भने ।

पृतमको शव २ असारमा चरिकोटमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>