थप समाचारबुधबार, आषाढ २, २०७२
राप्रपा नेपालका सुब्बा र मजफो लोकतान्त्रिकका गणेश कांग्रेसमा प्रवेश

सुब्बालाई कांग्रेसमा स्वागत गर्दै केन्द्रीय सदस्य आङदेम्बे र सभाषद महेन्द्राकुमारी सुब्बा । तस्वीरः गोपाल गड्तौला
राप्रपा नेपाल समानान्तर समिति (लावती समूह) का केन्द्रीय सह–महामन्त्री घनेन्द्र सुब्बासहित करिब एक सय कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
सुब्बासहित नवप्रवेशीले २ असारमा दमकमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेको हातबाट टिका लगाए ।
दमक १२ मा आयोजित उक्त कार्यक्रममै मधेशी जनाधिकार फोरमका लोकतन्त्रिकका केन्द्रीय सदस्य गणितप्रसाद गणेश पनि कांग्रेस प्रवेश गरे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नाभाई गणेश थापालाई समानुपातिक कोटामा सभासद मनोनित गरेपछि बिरोध जनाँउदा कारवाहीमा परेका सुब्बा पद्मसुन्दर लावती नेतृत्वको राप्रपा नेपाल समानान्तर समितिमा सहमहामन्त्री थिए ।
लावतीको २७ जेठमा निधन भइसकेको छ ।
वेलायती सेनाका सेनाका सेवा निवृत्त सुब्बा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
