समाचारबिहीबार, आषाढ ३, २०७२

जनकपुरका जीवनाथ चौधरी भ्रष्टाचारी ठहर

हिमालखबर

jinathविशेष अदालतले जिल्ला विकास समिति, जनकपुरका सहलेखापाल जीवनाथ चौधरीलाई भ्रष्टाचारी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनुवाई गर्दै विशेष अदालतले चौधरीसहित ९ जनाले भ्रष्टाचार गरेको ठहर गर्दै विगो बमोजिमको रकम असुल गरी ४ महिना कैद सजायको फैसला गरेको हो ।

विशेष अदालतका प्रवक्ता कृष्ण पौडेलका अनुसार अख्तियारले मुद्दा दायर गरेका ८७ जना मध्ये ९ जनालाई जरिवाना र कैद सजायको फैसला भएको हो ।
जनकपुरमा रहेका चौधरीले आफूले सर्वोच्चमा पुनरावेदन गर्ने बताएका छन् ।

अपराधकर्मबाट आर्जित सम्पतिको आडमा जनकपुरमा माफियाराज चलाउँदै आएका सञ्जय साह र जीवनाथ चौधरीबारे तीन बर्षअघिको हिमालमा ‘मिथिलामा माफियाराज’ शिर्षकमा रिपोर्ट प्रकाशित भएको थियो । साह सदभावना पार्टीका तर्फबाट सभासद भए पनि अदालतको फैसलापछि निलम्बित भएका छन् ।

साह जनकपुरमा भएको पाँचजनाको हत्यामा संलग्नताको अभियोगमा जेलमा छन्, उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्धा पनि चलिरहेको छ ।
जिविसका सामान्य कर्मचारी चौधीले कमाएको अकुत सम्पतिसम्बन्धी मुद्धामा विशेष अदालतले भर्खरै उनलाई दोषी ठहर गर्दै जेलसजाय तोकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>