थप समाचारबिहीबार, आषाढ ३, २०७२

सिन्धुपाल्चोकको विद्यालय झापाका विद्यार्थीले बनाइदिने

हिमालखबर

Rss_Images_1434609557102_CB-Jhapa-helpसिन्धुपाल्चोकको मेलम्चीस्थित तेर्से उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि झापाका विद्यार्थीले पठनपाठनका लागि अस्थायी कक्षाकोठा बनाउने भएका छन् ।

अस्थायी कक्षाकोठा निर्माणका लागि नेकपा एमाले निकट अनेरास्ववियुको टोली एक हजार १०० घना बाँस लिएर आज सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् ।

अनेरास्ववियुका केन्द्रीय प्रचार विभाग प्रमुख अशेष घिमिरेको नेतृत्वमा सिन्धुपाल्चोक गएको टोलीले विद्यालयका लागि २२ कोठाको अस्थायी भवन निर्माण गर्ने जनाएको छ ।

सिन्धुपाल्चोक लैजानका लागि झापाको मेचीनगर, बाहुनडाँगी र शान्तिनगर क्षेत्रबाट स्थानीय विद्यार्थीले बाँस सङ्कलन गरेका थिए । बाँसलाई ट्रकमा हालेर लगिएको छ । विद्यार्थी टोलीले बाँसको घर बनाउन सिपालु चार जना दक्ष कामदारसमेत आफूसँगै लगेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>