Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूकम्पका कारण सिर्सिया ड्राईपोर्टको राजश्व असुलीमा गिरावट - Himalkhabar.com

अर्थ/बजारबिहीबार, आषाढ ३, २०७२

भूकम्पका कारण सिर्सिया ड्राईपोर्टको राजश्व असुलीमा गिरावट

हिमालखबर

birgunjभूकम्पका कारण जेठ महिनामा वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहामा रहेको भन्सार कार्यालयको राजश्व असुलीमा समेत गिरावट आएको छ ।

लक्ष्यभन्दा बढी राजश्व असुल्दै आएको भन्सार कार्यालयले जेठ महिनामा सरकारले दिएको लक्ष्य भन्दा कम राजश्व असुल गरेको हो । भूकम्पका कारण जेठ महिनामा सिर्सिया ड्राइपोर्टलाई पाँच करोड १६ लाख ३३ हजार रुपैयाँ घाटा लागेकोे छ ।

जेठ महिनामा भन्सार विभागले ड्राईपोर्टलाई एक अर्ब ५१ करोड ४६ लाख ६३ हजार रुपैया राजश्व संकलन गर्न लक्ष्य दिएकोमा उसले लक्ष्यको ९६ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको छ ।

सिर्सिया ड्राइपोर्टमा जेठ महिनामा एक अर्ब ४६ करोड ३० लाख ३० हजार रुपैया राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत देवी प्रसाद भण्डारीले बताए । उनले भने ‘काठमाण्डौं उपत्यकाका बजारहरुले अझै गति लिन नसकेकोले राजश्व अशुली प्रभावित भैरहेको छ ।’

भारतबाट सिर्सिया ड्राइपोर्टमा पछिल्लो समय आयात भइरहेका सामान समेत वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरकै कच्चा पदार्थ बढि मात्रामा रहेको उनले बताए ।

सिर्सिया ड्राइपोर्टमा भारतबाट रेल मार्ग भएर मकै, गहु, चना , केराउ, जुस, फलाम, सुपारी, विदेशी मदिरा, काठका फर्निचर लगायतका सामान बढि मात्रामा आयात हुने गरेको छ ।

‘बैशाख १२ गतेको भुकम्प पछिको दिनमा भारतबाट सामान पैठारी कम भएको छ ।’ प्रमुख भन्सार अधिकृत भण्डारीले भने ‘ त्यसैले गर्दा बैशाख र जेठ दुवै महिनामा विभागले दिएको लक्ष्य पुरा गर्न सकिएन ।’

सिर्सिया ड्राइपोर्टले औसतमा दैनिक ६ करोड रुपैया राजश्व संकलन गर्ने गरेकोमा भुकम्प पछिका दिनमा राजश्व असुली दर दैनिक चार देखि पाँच करोडमा झरेको भन्सार अधिकृत अम्बीका केसीले बताए ।

महाभूकम्पका कारण गत बैशाख महिनामा सिर्सिया ड्राइपोर्टमा रहेको भन्सार कार्यालयको राजश्व असुली घटेको थियो । बैशाख महिनामा सिर्सिया ड्राइपोर्टलाई ३५ करोड ६ लाख ७१ हजार रुपैया घाटा भएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज
—————————————————————————————-

भूकम्पका कारण वीरगञ्ज भन्सारलाई डेढ अर्ब बढीको नोक्सानी

भूकम्पका कारण वीरगन्ज भन्सार कार्यालयलाई रु डेढ अर्ब बढीको नोक्सानी भएको छ ।

भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई जेठ महिनामा रु आठ अर्ब ९४, करोड ५१, लाख ४४, हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा रु सात अर्ब १९, करोड १४, लाख ४२ हजार मात्र राजस्व सङ्कलन गरेको छ । उक्त महिनामा रु एक अर्ब ७५ करोड ३७ लाख दुई हजार राजस्व क्षति भएको छ ।

“लक्ष्य भन्दा झन्डै २० प्रतिशतले कम राजस्व सङ्कलन भएको छ” कार्यालयका सूचना अधिकृत सुशील शर्माले भने ।

भूकम्पका कारण वैशाख महिनामा समेत वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको थियो । वैशाख महिनामा मात्रै कार्यालयलाई रु दुई अर्ब, ६१ करोड, २७ लाख, २८ हजार ७८३ रुपैयाँ घाटा भएको छ । यहाँ वैशाख महिनामा रु पाँच अर्ब ६१, करोड ७४, लाख २२, हजार २१७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

उक्त कार्यालयले औसतमा दैनिक रु ३० करोडदेखि रु ३२ करोडसम्म राजस्व सङ्कलन गर्ने गरेको छ । तर भूकम्पपछि भन्सार कार्यालयको राजस्व सङ्कलन घटेको छ ।

भूकम्पले विभिन्न स्थानका व्यापारिक गोदाम क्षतिग्रस्त भएका तथा अहिलेसम्म नखुलेका कारण भारतबाट सामानको आयतमा गिरावट आएको प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>