थप समाचारबिहीबार, आषाढ ३, २०७२
दाइजो निहूँमा श्रीमती घर निकाला गरेको पूर्वमन्त्रीमाथि आरोप
पूर्व कानून मन्त्री एवम् सभासद् बृजेशकुमार गुप्ताले दाइजो नल्याएको निहूँमा श्रीमतीलाई घर निकाला गरेको अभियोग लागेको छ ।
श्रीमती संगीता बृजेश गुप्ताले पत्रकार सम्मेलन गर्दै दाइजो नल्याएको निहूमा विवाह भएको सात बर्षपछि सभासद् गुप्ताले आफूलाई घर निकाला गरेको गुनासो गरिन् । उनले भनिन्, ‘‘स्कोर्पियो सीआडीई मोडलको सवारी साधन दाइजो माग्दै आफूमार्थि हिंसा गर्दै घर निकाला गरिदिए ।’’
उनले ४ महिनादेखि घरअघि गुप्ताले घर निकाला गरेको बताइन् । उनले भनिन्, ‘‘मार्ने धम्की दिदै घरबाट निकालिएपछि न्यायका लागि विभिन्न ठाउँ पुगे । तर, न्याय पाइन ।’’ संगीताका अनुसार गुप्ताले घरमा काम गर्न बसेकालाई समेत दूव्र्यवहार गर्न लगाएका थिए ।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाईले सभासद बृजेशकुमार गुप्तालाई यसबारे छलफल गर्न चार पटक बोलाएपनि बेवस्ता गरि नआएको बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>