थप समाचारआइतबार, आषाढ ६, २०७२

बेलगाम ‘सरोगेसी’ उद्योग

हिमालखबर

ब्रिटिश मेडिकल एशोसिएसनको अन्तर्राष्ट्रिय स्वास्थ्य जनरल ‘द बीएमजे’ का अनुसार, पछिल्लो समय नेपाल ‘सरोगेसी’ को स्वर्ग बनेको छ । आफ्नो कोख भाडामा दिने यो अभ्यास नेपालमा महाभुकम्पको मारसंगै थप मौलाउँदै छ  ।

भूकम्पपछि प्रभावित क्षेत्रमा मानव वेचविखन र बालबालिका ओसारपसरारसँगै काठमाडौंका सरोगेसी क्लिनिकहरुमा भर्ना हुने महिलाको संख्या ह्वात्तै बढेको उल्लेख छ ।

अरु दम्पत्तीबाट भ्रुण लिएर आफ्नो गर्भमा हुर्काई जन्माउने कार्यलाई ‘सरोगेसी’ र त्यस्ता भाडाका आमालाई ‘सरोगेट मदर’ भनिन्छ । भारतमा सरकारले कडाइ गरेपछि यो व्यवसाय नेपालमा फस्टाएको हो ।

वातावरण, स्वास्थ्य तथा जनसांख्यिक क्रियाकालप अनुसन्धान केन्द्र नामक गैससमा आवद्ध आनन्द तामाङका अनुसार महाभूकम्प पछिको करिब दुई महिनामा काठमाडौंका सरोगेसी क्लिनिकमा पुग्ने युवा महिलाको संख्या ह्वात्तै बढेको छ ।

विपत्तिले गर्दा थातथलो छोड्नु परेका गरीब परिवारका महिलाहरु सरोगेसीतर्फ आकर्षित भएका हुनसक्ने उनले बताए ।

भारतको ‘सरोगेसी उद्योग’ मा विदेशीहरुको पहुँचमा कडाइ भएपछि नेपाल सजिलो गन्तव्य बनेको अनुमान छ । नेपालमा सरोगेसीलाई व्यवस्थित गर्ने कुनै कानून छैन ।

सन् २०१२ तिर भारतीय सरोगेसी उद्योगको आकार ४५१ मिलियन डलर करिब रु.४ अर्ब ६० करोड पुगेको अनुमान गरिन्छ । त्यसबेला भारतभर ६०० भन्दा बढी सरोगेसी क्लिनिक र एजेन्सीहरु थिए । काठमाडौंमा पनि अहिले ६० वटा सरोगेसी क्लिनिक र सरोगेट गेष्टहाउसहरु खुलिसकेका छन् ।

नेपालका क्लिनिकहरुले सरोगेसीका लागि एकजोडीसँग रु.३५ लाखदेखि ६५ लाखसम्म लिन्छन् । सरोगेट मदरले रु.५ लाखदेखि ६ लाखसम्म पाउँछन् । अनुसन्धानकर्ता र सहायता एजेन्सीहरुका अनुसार, नेपालका क्लिनिकहरुमामा बढीजसो भारत र बंगलादेशका सरोगेट मदर आउँथे । महभूकम्प पछि भने नेपाली महिलाहरु बढेका छन् ।

चौध तल्ले भवनको छतमा हेलिप्याडसमेत भएको काठमाडौंको ग्रान्डी इन्टरनेशन हस्पटिलले पनि ‘भिट्रो फर्टिलाइजेशन युनिट’ स्थापना गरेर यो व्यवसायबाट फाईदा लिन खोजेको छ ।

अस्पतालका प्रमुख लगानीकर्तामध्ये एक रहेका उद्योगपति रुप ज्योतिले नेपालको ‘मेडिकल टुरिज्म’को प्रवद्र्धनमा व्यवसायिक सरोगेसीको संभावित योगदानकाबारे खुलेरै चर्चा गरेका थिए ।

तर, अनुसन्धानकर्ता आनन्द तामाङ राष्ट्रिय विपत्का बेला ठूला निजी अस्पतालहरुले सरोगेसी व्यापारबाट नाफा कमाउन खोज्नुलाई अशोभनीय भन्छन् ।
‘सरोगेसी उद्योग’बारे नेपाल सरकारको नीति अस्पष्ट छ । प्रहरीले गत मार्चमा एउटा सरोगेसी गेस्टहाउस छापा मारे पनि कसैलाई गिरफ्तार गरेको थिएन ।

एउटा फ्रेन्च समाचार संस्थासँगको कुराकानीमा स्वास्थ्यमन्त्रालयका प्रवक्ताले व्यवसायिक ‘सरोगेसी उद्योग’ हेर्ने छुट्टैं समिति गठन गर्ने योजना रहेकोमा महाभूकम्पले गर्दा त्यत्तिकै भएको बताएका थिए । यसले ‘सरोगेसी’बारे नेपाल दोधारे रहेको देखाउँछ ।

एक्सन एड नेपालकी महिला अधिकार अधिकृत मालती मास्के भुकम्पपछि नेपाली महिलाहरु ‘सरोगेसी’मा संलग्न हुनुलाई विपत्मा सरकारले आवश्यक सहायता उपलब्ध नगराएको परिणाम मान्छिन् ।

“विपत्का बेला सबभन्दा बढी प्रभावित हुने भनेका महिला नै हुन्,” उनले ‘द बिएमजे’ सँग भनेकी छन्, “यस्तो बेला महिलामाथि गरीबी र हिंसाको मार पनि बढी पर्छ ।”
बीएमजेबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>