थप समाचारआइतबार, आषाढ ६, २०७२

नेपालमा पनि अन्तराष्ट्रिय योग दिवस

हिमालखबर

प्रथम अन्तराष्ट्रिय योग दिवसका अवसरमा आइतबार लाजिम्पाटस्थित भारतीय दूतावासमा योग कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा भारतीय दूतावासको केन्द्रिय विद्यालयले तयार पारेको ‘योग सन्देश’ नामक पुस्तक पनि सार्वजनिक गरियो ।

उपराष्ट्रपति परमानन्द झा र नेपालका लागि भारतीय राजदूत रणजित रायले उद्घाटन गरेको कार्यक्रममा योगको महत्वबारे योग विद्वानहरू स्वामी आनन्द अरुण, आईएएचभीका निर्देशक निरज कोहली र पताञ्जली योगपीठका प्रमुम लभदेव मिश्रले बोलेका थिए ।

पूर्वीय सभ्यतालाई विश्वसामू पु¥याउन दिवसले भूमिका खेल्ने भन्दै ओसो तपोवनका संयोजक स्वामी आनन्द अरुणले यसलाई औपचारिक रूपमा मात्रै नभएर प्रयोगात्मक रूपमा मनाउन आग्रह गरे । “स्वस्थ र सुन्दर संसारका लागि योग आवश्यक छ”, उनले भने, “विश्वमा एकात्मकताको भाव संचार गर्न योगले भूमिका खेल्नेछ ।”

उपराष्ट्रपति झाले पनि सार्थक र शान्त जीवनका लागि योग आवश्यक रहेको बताए । त्यस्तै, नेपालका लागि भारतीय राजदूत रायले योग नेपाल र भारतको साझा सांस्कृतिक धरोहर भएको उल्लेख गरे ।

कार्यक्रममा ३० मिनेटको प्रणायम योगाभ्यास पनि गरिएको थियो । कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला आदि पनि उपस्थित रहेको कार्यक्रममा भारतको डिपार्टमेन्ट अफ आर्युवेद, योग एन्ड नेचुरोप्याथी, उनानी, सिद्ध एन्ड होमियोप्याथी (आयुष) ले बनाएको डीभीडी मार्फत उपस्थित दर्शकलाई योगका विभिन्न आसानबारे सिकाइएको थियो ।

सन् २०१४, डिसेम्बर ११ मा राष्ट्र संघको जेनेरल एसेम्बलीले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवस घोषणा गरेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा १७७ देशले समर्थन जनाएपछि जुन २१ लाई योग दिवसको मान्यता दिइएको थियो ।
People Joins Int Yoga Day

1

International Day of Yoga

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>