थप समाचारआइतबार, आषाढ ६, २०७२

एसएलसीमा जुम्ला मध्यपश्चिमाञ्चलमै प्रथम (६०.२६ प्रतिशत)

हिमालखबर

jumlaविसं २०७१ को एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने १५ वटा जिल्लामा जुम्ला प्रथम बनेको हो ।

गत ६ चैतदेखि शुरु भएको एसएलसी परीक्षमा जुम्ला जिल्लाबाट नियमिततर्फ एक हजार ८९० जना र आंशिकतर्फ ५८९ जना परीक्षार्थी सहभागी भएका थिए । यसमा नियमिततर्फ एक हजार १३९ जना (६०.२६ प्रतिशत) उत्तीर्ण भएकामा ९ जना विशिष्ट श्रेणी, २७७ जना प्रथम, ८०५ जना द्वितीय र ४८ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले जानकारी दिए ।

जिशिअ भण्डारीका अनुसार आंशिकतर्फ ५८९ मध्ये २१५ जना (करिब ३६.५०प्रतिशत) उत्तीर्ण भएका छन् ।

यसमा दुई जना प्रथम, १४९ जना द्वितीय र २६४ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।

नियमिततर्फ सात जनाको नम्बर हराएको र २३ जनाको प्रयोगात्मक नम्बर नभएको पनि जिशिअ भण्डारीले प्रस्ट्याए ।

यसैगरी, आंशिकतर्फ एक जनाको अङ्क नभएको र १० जनाको परीक्षा रद्द भएको जनाइएको छ । यसपटकको एसएलसीमा हुम्ला ४६.२८ दोस्रो र कालीकोट ४६.२१ प्रतिशत ल्याएर तेस्रो भएका छन् । रुकुम ४५.०८ प्रतिशतसहित चौथो भएको छ ।

क्षेत्रीय निर्देशनालयका अनुसार यसपटक मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>