समाचारसोमबार, आषाढ ७, २०७२

पुनर्निर्माण सम्बन्धी अध्यादेश स्विकृत

हिमालखबर

राष्ट्रपति डा. रामवरण यादवले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी अध्यादेश स्विकृत गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा ७ असारमा जारी विज्ञप्तिमा अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम अध्यादेश प्रमाणीकरण गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद बैठकले ६ असारमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी अध्यादेश २०७२ पारित गरेको थियो। अध्यादेशमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परामर्श समिति गठन हुने र त्यसमा चार मन्त्री र तीन विज्ञ सदस्य रहने उल्लेख छ । समितिमा मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>