थप समाचारसोमबार, आषाढ ७, २०७२
पहिरोले विष्फोटक पर्दाथ विष्फोट हुँदा ९ नेपाली सेना घाइते
-सर्मिला बुढाथोकी, दोलखा
लामाबगर–३, दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजना परिसरमा सुख्खा पहिरो खसेर विष्फोटक पर्दाथ राखिएको कन्टेनरमा क्षति पुगेको छ ।
पहिरो खसेर नेपाली सेनाको बर्दबहादुर गण बेस क्याम्पमा रहेको विष्फोटक पदार्थ बिष्फोट हुँदा ९ जना नेपाली सेना घाइते भएका छन् । त्यहाँ मध्यन्हतिर दुई पटक बिष्फोट भएको थियो ।
सुख्खा पहिरोले सेनाका केही हतियारहरु पुरिएको आशंका गरिएको छ । त्यहाँ टनेल, विद्युत गृहलगायत सिनो हाईड्रोले राखेको नन इलेक्लिेट्रिक डिटोनेटर ७३ हजार ८२६ वटा, एक्सक्लोसीप जेल १४ हजार ७ ५४ वटा, कोडेक्स १७ हजार ५ सय मिटर, इलेक्ट्रीक डेटोनेटर १४ हजार २४ वटा, फाएर डेटोनेटर ९७९ मीटर नष्ट भएको नेपाली सेनाको बर्द बहादुर गणले जनाएको छ ।
विष्फोटबाट सेनाको बेस क्याम्प, इलाका प्रहरी कार्यालय, स्थानीय घरहरुमा समेत क्षति पुगको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्त लामाले बताए ।