समाचारमंगलबार, आषाढ ८, २०७२

दुई सुरक्षा निकायबीचको विवाद बारे बुझ्न उपप्रधानमन्त्री गौतम बोलाइए

हिमालखबर

Bamdev-Gautamव्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्र सम्वन्धी उत्पन्न विवाद बारे उपप्रधानमन्त्री बामदेव गौतमबाट जानकारी लिने भएको छ ।

समितिका उपसचिव केशवप्रसाद आचार्यका अनुसार ११ असारमा समिति बैठकमा गृहमन्त्री समेत रहेका गौतमबाट जानकारी लिन लागिएको हो ।

गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई पनि नेपाल प्रहरीलाई जस्तै जाहेरी लिने, पक्राउ गर्ने, पूर्जी जारी गर्ने, थुनुवा पुर्जी दिने र हिरासतमा राखेर अनुसन्धानसमेत गर्ने अधिकारसहित नियमावली संशोधन गर्न लागेपछि उत्पन्न भएको विवादबारे बुझ्न समितिले गृहमन्त्रीलाई बोलाएको हो ।

समितिले गौतमबाट गत वर्ष बाढी पहिरोबाट मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाबाट विस्थापित भएकाहरूको पुनःस्र्थापना, सरकारले गरेका काम र हालसम्मको प्रगति, तथा आगामी दिनका लागि विपद् व्यवस्थापनमा गरिएको पूर्व तयारीबारे जानकारी लिनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>