थप समाचारमंगलबार, आषाढ ८, २०७२
एनआरएन तान्जानियामा थापा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) तान्जानियाको दोस्रो अधिवेशनले रोशन थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
नवगठित समितिका उपाध्यक्ष प्रेम बहादुर गुरुङ, महासचिव पुष्पराज भट्टराई, सचिव सन्जीत थापा, कोषाध्यक्ष नवीन पण्डित छन् ।
कार्यसमिति सदस्यमा विष्णु लामिछाने, कृष्ण सुनार, राम चौधरी, विरु रायमाझी, गंगे दमाई, सल्लाहकारमा शिव अर्याल चयन भएको एनआरएनए एनसीसी तान्जानीयाले जनाएको छ ।
अधिवेशनले युवा संयोजकमा दीपक लामिछाने, महिला संयोजक तारा खनाललाई चयन गरेको छ ।
आइसीसी सदस्यमा भने सर्वेश जोसी चयन भएका छन् । आइसीसी प्रतिनिधिमा रमेश पौडेल, विकास अधिकारी र बसन्त उप्रेती चयन भएको जानकारी परिषद्का निर्वतमान महासचिव सर्वेश जोशीले दिए ।
नेपालीहरुको कम गतिविधि हुने तान्जानीयामा नेपालीलाई एक जुट बनाएर नेपालमा विभिन्न सहयोगका कार्यक्रमहरु सञ्चालन गर्ने संघले जनाएको छ ।
नेपालमा भूकम्प गएको दुई दिनभित्रै एनआरएन तान्जानीयाले १४ लाख रुपैयां सहयोग जुटाएको थियो
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
