अर्थ/बजारमंगलबार, आषाढ ८, २०७२
विश्व बैंकले रु. ५० अर्ब सहयोग गर्ने
भूकम्पपछिको पूननिर्माण र अन्य क्षेत्रमा लगानी गर्नका लागि विश्व बैंकले नेपाललाई करिब रु. ५० अर्ब (५०० मिलियन डलर) सहयोग गर्ने भएको छ ।
उक्त रकममध्ये २० अर्ब ग्रामीण क्षेत्रमा घर बनाउन, १० अर्ब सरकारी बजेट साथै बैंकिङ प्रणालीको सुधारमा र बाँकी रकम नेपालमा सञ्चालित बैंकका परियोजनाहरुबाट जुटाई पुन:निर्माणमा लगानी गरिनेछ ।
विश्व बैंक समूहका अध्यक्ष जिम योङ किमले विश्व बैंक नेपाललाई चाहिएका बेला सधैं साथमा रहेको बताएका छन् ।
उनले भनेका छन्, ” हामी भूकम्प प्रभावित मानिसहरुको दैनिकी सहज बनाउन सम्भव भएजति सबै काम गर्नेछौं।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
