थप समाचारमंगलबार, आषाढ ८, २०७२

लमजुङ जिल्ला अस्पतालमा आगलागी

हिमालखबर

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आगलागी भएको छ ।

आगलागीका कारण उपचार र परीक्षणमा प्रयोग हुने यन्त्र, विद्युत आपूर्ति गर्ने युपिएस, वायरिङ, अस्पतालका भित्ता र अन्य सामाग्री जलेका छन् । विरामीको विभिन्न परीक्षण गर्न नसक्दा १९६ जना विरामीलाई फिर्ता पठाउनु परेको अस्पतालले जनाएको छ ।

विद्युत शर्ट भएर लागेको आगोबाट परीक्षण सामाग्री नष्ट भएपछि ‘ल्याब’ को काम ठप्प भएको अस्पतालका निर्देशक डा. विष्णु विष्ट थापाले जानकारी दिए ।

आगोले प्रयोगशाला कक्ष समेत जलेको छ । आगलागी पश्चात विभिन्न रोगका साथै , मुत्र, रगत लगायतको परीक्षण गर्न नसकिएको निर्देशक थापाले बताए ।

आगलागीका कारण मानवीय क्षति भने भएको छैन ।

आगो अस्पतालका कर्मचारी, प्रहरी र स्थानीयबासी मिलेर नियन्त्रणमा लिएका थिए ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>