समाचारबुधबार, आषाढ ९, २०७२

एसएलसी: भक्तपुर उत्कृष्ट, काठमाडौं चौथो, २२१ विद्यालयको नतिजा शून्य

हिमालखबर

 

यसपालीको एसएलसी परीक्षाको नतिजामा भक्तपुर देशकै उत्कृष्ट जिल्ला भएको छ । परीक्षाको नतिजाअनुसार भक्तपुरले ८७.७४ प्रतिशत, मुस्ताङले ८७.५७, ललितपुरले ८६.३२ र काठमाडौँले ८५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

परीक्षामा देशभरबाट २२१ विद्यालयको नतिजा शून्य आएको छ । परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ७० हजार ५७ परीक्षार्थी अनुत्तीर्ण भएका छन् । त्यसपछि क्रमश: विज्ञानमा ५६ हजार १०४, अङ्ग्रेजीमा २८ हजार ४० र सामाजिक शिक्षामा २१ हजार ७१३ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि आगामी साउन २० गतेदेखि पुनः परीक्षा हुँदैछ ।

परीक्षामा एक विषयमा अनुत्तीर्ण हुने ५५ हजार ४७४ तथा दुई विषयमा अनुत्तीर्ण हुने एक लाख ३७ हजार ५५४ परीक्षार्थी सामेल हुने छन् ।

रासस

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>