थप समाचारबुधबार, आषाढ ९, २०७२

भूकम्प प्रभावित बहालवाला र अवकाश प्राप्तलाई सेनाको दुई अर्ब बजेट

हिमालखबर

नेपाली सेनाले भूकम्पपीडित अवकाश प्राप्त सैनिक तथा एकल महिलालाई राहत रकम वितरण पुनःस्थापनासम्बन्धी योजना सार्वजनिक गरेको छ ।

‘नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन तथा भेटघाट कार्यक्रम–२०७२’ अवसरमा नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानसेनापति गौरवशम्शेर राणाले क्षतिको विवरणका आधारमा सैनिक कल्याणकारी कोषबाट व्यवस्था गरिएको रु २५ देखि रु ७५ हजारसम्म रकम वितरण शुरु गर्दै विभिन्न ११ जना भूकम्पपीडित अवकाश प्राप्त सैनिक तथा एकल महिलालाई वितरण गरेका छन् ।

सो रकम क्षतिका आधारमा आवेदन दिने सबै भूकम्पपीडित अवकाश प्राप्त तथा एकल महिलालाई दिइनेछ । यस्तै अवकाश प्राप्त सिपाही कृष्णबहादुर पाण्डेलाई ह्विलचियरको साँचो प्रदान गरिएको थियो ।

सेनाले भूकम्पपीडित बहाल, अवकाश प्राप्त तथा एकल महिलालाई पुनःस्थापनाका लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित सहुलियत ऋणसहितको लघु व्यवसाय गर्नेलाई वित्तीय प्याकेजको चेक हस्तान्तरण गरियो ।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको सम्मेलनमा मध्यमाञ्चल क्षेत्रअन्तर्गत नुवाकोट र रसुवामा स्थायी बसोबास गर्ने एक हजार ५३५ भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका २२८ परिवारजनको सहभागिता थियो । २०७० असोज २१ गते बोर्डको स्थापना भएको थियो ।

प्रधानसेनापति राणाले भूकम्पपीडितको खोज, उद्धार र राहतमा सेना तथा सुरक्षा निकायले जनताको काँधमा काँध मिलाई देखाएको त्याग, समर्पण र पेसागत दक्षताको अन्तर्राष्ट्रियस्तरमा समेत प्रशंसा हुनुले सेनाको शिर उचो भएको बताए ।

उनले पीडित बहाल, अवकाश प्राप्त तथा एकल महिलालाई घर निर्माणका लागि चार दशमलव ४ प्रतिशत ब्याजमा ऋण उपलब्ध हुने जानकारी दिए ।
विसं २०३२ स्थापना भएको सैनिक कल्याणकारी कोषमा हाल करिब रु ३३ अर्ब रकम बचत भएको राणाले बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>