समाचारबुधबार, आषाढ ९, २०७२
घुससहित कर्मचारी पक्राउ
नवलपरासीमा घुस लिँदै गरेको अवस्थामा नगद रु ५० हजारसहित पक्राउ परेका मालपोत कार्यालय कावासोतीका नायब सुब्बा कृष्ण पोखे्रललाई बुटवल लगिएको छ ।
आयोगको सम्पर्क कार्यालय बुटवलले सेवाग्राहीसँग रकम लिँदालिँदै पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल लगिएको हो ।
जग्गासम्बन्धी कारोबारमा घुस लिइँदै छ भन्ने सूचना पाएपछि खटिएको विशेष टोलीले मालपोत अगाडिको रकुवा होटलबाट उनलाई घुस रकमसहित पक्राउ गरेको आयोगको सम्पर्क कार्यालय बुटवलका लेखा अधिकृत धनिश्वर पौडेलले बताए ।
पक्राउ परेका नासु पोखरेलले कावासोती–३ का जग्गा कारोबारी नारायण पौडेलले आफलाई फसाएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>