थप समाचारबुधबार, आषाढ ९, २०७२

विद्यालय लैजाँदै गरिएका बालक अपहरित भएको ठान्दा

हिमालखबर

आफ्नै अभिभावकले बालकलाई जबर्जस्ती विद्यालय पठाउने प्रयास गर्दा अपहरण भएको आशङ्कामा प्रहरी र अन्य अभिभावकले तीन घन्टा हैरानी व्यहोर्नु परेको छ ।

झापाको भद्रपुर—१२ का लक्ष्मण कपुरीका १३ वर्षीय छोरा विशाललाई चन्द्रगढीस्थित प्रज्ञा एकेडेमीमा आज विहान ८ बजे स्कुल पुर्‍याउन मोटरसाइकलमा लानेक्रममा घरबाट जान नमानेपछि बालकका आफ्नै दाइहरुले बाइकको बीचमा राखेर लगेका थिए ।

अस्पतालमोड पुगेपछि बालक चिच्याउन लाग्दा स्थानीयवासीले अपहरण भएको आशङ्कामा तत्काल प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै जिल्ला प्रहरी कार्यालय झापाले मातहतका प्रहरी युनिटलाई नाकाबन्दी गरेर बालकको खोजी गर्न निर्देशन दिए ।

स्कुलेबालक अपहरणमा परेको खबर सुन्नासाथ अभिभावकहरु आफ्ना नानीहरु हेर्न स्कुल पुगेका थिए ।

झापाका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले अपहरण नभएको पुष्टि गरेका छन् । बालकले विद्यालय जान मन नगरेपछि घर फर्काइएको थियो । तर, बालकले स्कुल जान नमान्नुको कारणबारे भने कसैले खुलाएनन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>