Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुनःनिर्माणमा 'एभरेष्ट' को साथ - Himalkhabar.com

रमझमबुधबार, आषाढ ९, २०७२

पुनःनिर्माणमा ‘एभरेष्ट’ को साथ

हिमालखबर

सजना बराल
everestमहाभूकम्पका कारण सिंगो देश नै ध्वस्त भयो भन्ने गलत प्रचार विश्वभर फैलिरहेका वेला सगरमाथाको विषयमा बनेको र नेपाली कलाकार समेत रहेको हलिउड चलचित्र एभरेष्ट को ट्रेलर सार्वजनिक भएको छ। यसले महाभूकम्पका कारण ‘हेडलाइन’ बनेको नेपालप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने नै छ।

१०–११ मे १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा हिमआँधीमा परेर आठ आरोहीले ज्यान गुमाएका थिए। ‘१९९६ माउन्ट एभरेष्ट डिजास्टर’ नामले चर्चित उक्त दुर्घटनामा आधारित चलचित्र एभरेष्ट आउँदो सेप्टेम्बरमा रिलिज हुँदैछ।

यसको ट्रेलर भने २१ जेठमा सार्वजनिक गरियो। बाल्टासर कोर्माकुर निर्देशित थ्रीडी भर्सनको यो चलचित्रमा जेक गाइनेलहाल, ज्यासन क्लार्क, जोस ब्रोलिन, एमिली वाट्सन जस्ता प्रख्यात कलाकारसँगै नेपाली अभिनेता क्याप्टेन विजय लामाले काम गरेका छन्।

सगरमाथा आधार शिविरदेखि इटाली र बेलायतसम्म खिचिएको एभरेष्ट को टे्रलरमा महाभूकम्पको चपेटामा परेको नेपाललाई सहयोग गर्न आह्वान गरिएको छ।

युनिभर्सल पिक्चर्स नामक प्रसिद्ध अमेरिकी फिल्म स्टुडियोले भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने ट्रेलरमा उल्लेख छ। एभरेष्ट टीमले पनि अक्सफाम अमेरिकासँग मिलेर भूकम्प प्रभावित ठाउँमा सहयोग गर्ने जनाएको छ।

ट्रेलरको अन्त्यमा फिल्मको मुनाफाको केही हिस्सा नेपालको ध्वस्त संरचना पुनःनिर्माणमा खर्च हुने पनि उल्लेख छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>