थप समाचारबुधबार, आषाढ ९, २०७२

बचतकर्ताको लाखौं ठगी गरेका तुलसा र हरि पक्राउ

हिमालखबर

अदालतबाट ३३ लाख रुपैयाँ र तीन वर्ष कैद सजाय तोकिएका मकवानपुरकी तुलसीकुमारी बस्नेत (तुलसा) र हरि बस्नेतलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

थाहा नगरपालिका, दामन–५ मा रहेको पालुङ बचत तथा ऋण सहकारी संस्थाका बोर्ड सदस्य तुलसा र हरि लगायतका पदाधिकारीले वचतकर्ताको तीन करोड ६२ लाख ठगी गरी फरार भएका थिए ।

अभियुक्तद्वय तुलसा र हरि बस्नेत ।

अभियुक्तद्वय तुलसा र हरि बस्नेत ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले तुलसालाई अनामनगरबाट र हरिलाई नख्खुबाट पक्राउ गरेको हो ।

सहकारीका अध्यक्ष रामबहादुर बस्नेत सहित फरार विरुद्ध बचतकर्ताले जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका थिए ।

तुलसालाई जिल्ला अदालत मकवानपुरले २७ जेठ ०७१ मा ३२ लाख ९३ हजार ८ साय २४ रुपैया“ १८ पैसा जरिवाना र तीन वर्È कैद सजायको फैसला गरेको थियो ।

पक्राउ परेका दुवैलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेश अनुसार सजाय भुक्तानका लागि केन्द्रीय कारागार चलान गरिएको छ ।

उनीहरु सहकारीमा १ हजार १ जना वचतकर्ताको ३ करोड ६२ लाख ३२ हजार ६६ रुपैया“ ठगी गरी फरार भएका थिए ।

सहकारी अध्यक्ष रामबहादुर बस्नेत र उनकी श्रीमती आइतीमाया बस्नेत अझै पनि फरार छन् । अन्य अभियुक्तहरु मिनबहादुर बस्नेत, सरिता बस्नेत, रामहरि विष्ट, सिताराम विष्ट, सुरेन्द्र कार्की, सुरेन्द्र बस्नेत र मनोहर बस्नेत यस अघि नै जेल चलान भइसकेका छन् ।

ठगी गर्ने उनीहरुलाई जनही ३२ लाख ९३ हजार ८ साय २४ रुपैया“ १८ पैसा जरिवाना र सोही बराबरको बिगो भराउने अदालतले फैसला गरेको थियो ।
सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>