थप समाचारबिहीबार, आषाढ १०, २०७२

पूर्वाञ्चलः सडक दुर्घटनाबाट मात्रै प्रत्येक वर्ष करिब ४०० को मृत्यु

हिमालखबर

eastern_region

पूर्वक्षेत्रीय ट्रफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार सडक दुर्घटनाबाट पूर्वाञ्चलमा दुई दिनमा सरदर तीन जनाको ज्यान गइरहेको छ भने दैनिक घाइते हुने करिब ८ जनामध्ये ३ जना सिकिस्त घाइते हुने गरेका छन् ।

ज्यान गुमाउनेमध्ये ८० प्रतिशत १६—४० उमेर समुहका छन् । दुर्घटनामा भएको धनमाल नोक्सानीको लेखाजोखा छैन ।

सामान्यतया सडक दुर्घटनाबाट बढी क्षति चाडबाडको समयमा भइरहेको देखिन्छ । गएको असोजमा मात्र पूर्वाञ्चलमा भएका ६१ वटा सडक दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो भने २३७ जना घाइते भएका थिए ।

गत चार वर्षको तथ्याङ्क विश्लेषणका अाधारमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले उक्त जानकारी दिएको हो ।

पक्की, ग्राभेल र कच्चीसमेत गरी कुल ६ हजार ५४० किलोमिटर सडक भएको पूर्वाञ्चलमा ३ लाख २१ हजार २८९ वटा सवारी दर्ता छन् ।

क्षेत्रभरमा एकजना ट्राफिक प्रहरीले २५ दशमलब १५ किलोमिटर सडकको सवारी अनुगमन र नियमन गर्नु पर्छ भने एकजना ट्राफिक प्रहरीको भागमा १ हजार २३५वटा सवारी साधन पर्ने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

नेपालमा दर्ता भएका बाहेक भारतको सिक्कम, पश्चिम बंगाल र बिहारका सवारीसाधन पनि पूर्वाञ्चलमा सराबरी गुडने भएकोले ट्राफिक नियमनमा भार थपिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरिक्षक नरबहादुर केसी बताँउछन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>