थप समाचारबिहीबार, आषाढ १०, २०७२

लागू औषधसहित तीन भारतीय पक्राउ

हिमालखबर

???????????????????????????????लागुऔषध कोरेक्स र रेस्काप नेपाल ल्याई बिक्री गर्ने भारतीय गिरोहका तीनसहित चार जना अभियुक्त झापाबाट पक्राउ परेका छन् ।

भारत बिहारको किसनगञ्ज जिल्ला, थाना दिघलबैंकका अन्जर अन्सारी (१८), चन्दन राजबंशी (२४) , सनोजकुमार सिंह (१८) र झापा टाघनडुब्बा २ का कलिम अन्सारी (१८) लाई ३६० थान कोरेक्स र ९ बोतल रेस्काप सहित ९ असारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनिहरुका साथबाट लागुऔषध ओसारपसारमा प्रयोग भएको बा १७ प २७२१ र बीआर ३७ बी ०९७८० द्य नम्बरको भारतीय र मोटरसाइकल समेत बरामद गरिएको छ ।

भारतबाट नेपाल भित्र्याइएको सो लागुऔषध टाघनडुब्बा २ का अन्सारीको घर अगाडिको गोठमा मकैको ढोडले छोपेर लुकाएको अवस्थामा बरामद गरिएको थियो ।

झापा सदरमुकाम चन्द्रगढीबाट करिब ५० किलोमिटर पश्चिम दक्षिणको खुल्ला सिमानाकाबाट लागुपदार्थको ओसारपसारको भएको प्रहरीले जनाएको छ ।

भारतमा रुघाखोकी जस्ता रोगका लागि निर्मित औषधी कोरेक्स र रेस्काप नेपालमा लागू औषधका अम्मलीले अत्यधिक रुपमा प्रयोग गर्न थालेपछि सरकारले ती औषधीलाई लागू औषधको कोटीमा राख्दै आयात र उत्पादनमा प्रतिवन्ध लगाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>