Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एएफसी यू-१६ र यू-१९ को तालिका सार्वजनिक - Himalkhabar.com

खेलकुदशुक्रबार, आषाढ ११, २०७२

एएफसी यू-१६ र यू-१९ को तालिका सार्वजनिक

हिमालखबर

afcएशियाली फुटबल महासङ्घ (एएफसी) ले एएफसी १६ वर्षमुनि र १९ वर्षमुनिको छनोट चरणको फुटबल खेल तालिका सार्वजनिक गरेको छ ।

आगामी सेप्टेम्बर १६ देखि २० तारिखसम्म किर्गिस्तानको विस्केकमा हुने १६ वर्षमुनिको खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ओमान, किर्गीस्तान र जोर्डन छन् ।

नेपालले आफ्नो समूहको पहिलो खेल सेप्टेम्बर १६ मा जोर्डनसँग खेल्नेछ । दोस्रो खेल सेप्टेम्बर १८ मा आयोजक राष्ट्र किर्गीस्तान र सेप्टेम्बर २० मा ओमानसँग खेल्नेछ ।

यू–१९ को पनि तालिका आयो
त्यस्तै, १९ वर्षमुनिको खेल अक्टोबर २ देखि ६ सम्म इरानको मसादमा हुँदैछ, जसमा नेपाल समूह ‘इ’ मा रहेको छ । नेपालको समूहमा इरान, कुवेत र जोर्डन छन् ।

यस समूहमा नेपालले पहिलो खेल २ अक्टोबरमा इरान, अक्टोबर ४ मा कुवेत र अक्टोबर ६ मा जोर्डनसँग खेल्नेछ । १९ वर्षमुनिको खेलमा कुल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, यसमा बहराइन भने आयोजक राष्ट्र भएकाले यसअघि नै छनोट भइसकेको छ ।

यसअघि सन् २०१४ मा कतारले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

त्यसैगरी, १६ वर्ष मुनिको समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>