थप समाचारसोमबार, आषाढ १४, २०७२
‘धन्यवाद ! मेगेन’
शव्द/तस्वीरः देबकी विष्ट, सोलुखुम्बु
अमेरिकी महिला मेगेन केनले नेपालको भूकम्प प्रभावितका लागि गरेको सहयोग धेरै ठूलो होइन, यस्ता सहयोग धेरैले गरेका छन् ।
तर, महाभूकम्प गएको दुई महीनापछि सोलुखम्बुको केरुङ पुगेकी मेगेनको सहयोगले जयबहादुर गोथर (४५)को आँशु नै खस्यायो । १२ वैशाखको महाभूकम्पपछि बारीमा पाल टाँगेर बसिरहेका आँखा देख्न नसक्ने जयबहादुर बर्षा काट्न जस्तापातालगायत सामाग्री पाएपछि खुशी भएका थिए ।
राहतकै पर्खाईमा बसिरहेका केरुङ–९, सोलखम्बुका जयबहादुरले खुशी हुँदै मेगेनलाई धन्यवाद दिए । उनीजस्ता अन्य १५ परिवारका सदस्यहरु पनि खुशी देखिन्थें ।
रक्षा नेपालको संयोजनमा मेगेनले उनीहरुका लागि जस्तापाता, घर बनाउनेकर्मी र खाद्यन्न सहयोग गरेकी थिइन् । बढी प्रभावित र अशक्त १५ परिवारले मेगेनको सहयोग पाएपनि अन्य ५६ परिवारको समस्या उस्तै भएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् ।
उनका अनुसार महाभूकम्पलगत्तै प्रभावितहरुले पाएको पाल च्यातिन थालेको छ भने बर्षा काट्ने खाद्यन्नको समस्या देखिन थालेको छ ।