रिपोर्टमंगलबार, आषाढ १५, २०७२

उत्कृष्ट २६, राम्रा ७१ उमावि

हिमालखबर

Top 26.inddकक्षा ११ र १२ को पढाइ विश्वविद्यालय शिक्षाको जग भएकाले पनि अभिभावक तथा विद्यार्थी एसएलसीपछि राम्रो कलेजको खोजीमा हुन्छन्। तर, कस्तो कलेज (उमावि) लाई राम्रो मान्ने? यो प्रश्नमा शिक्षाशास्त्रीहरूबाट नै फरक उत्तर आउँछन्।

कतिपय शिक्षाशास्त्री राम्रा विद्यार्थीले भर्ना पाएका कलेजलाई राम्रो मान्नुपर्ने धारणा राख्छन् भने कतिले कमजोर विद्यार्थीलाई पढाउन सक्ने कलेजलाई राम्रो मान्नुपर्ने बताउँछन्।

यसबाहेक कलेजको भौतिक पूर्वाधार, संचालकको पृष्ठभूमि, शिक्षक, व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, घरपायक, शिक्षण पद्धति, संस्थाको छवि, धेरैको पहुँच, विद्यार्थीको हेरचाह जस्ता विषयलाई पनि छनोटको आधार बनाउनुपर्ने तर्क पनि छन्।

विद्यार्थीको मूल्यांकनको आधार भने वार्षिक परीक्षालाई नै बनाइँदै आएको छ। वर्षभरि पढेका कुरा तीन घण्टामा राम्रो लेख्न सके/नसकेको आधारमा विद्यार्थीको मेधावीपन मापन गरिन्छ। यस्तो मूल्यांकन पद्धतिले सिकाइलाई परीक्षा लक्षित बनाएको एकथरी शिक्षाविद्को मत छ।

उच्च शिक्षाको जग उमावि तहमा परीक्षा लक्षित पढाइ राम्रो नहुने उनीहरूको तर्क छ। विद्यार्थीलाई व्यावहारिक जीवनमा उपयोगी हुने शिक्षा दिन सफल उमावि उत्कृष्ट हुन् भन्नेमा चाहिं कसैको विमति छैन।

उमाविहरूले वार्षिक परीक्षामा विद्यार्थीले पाएको अंकलाई महत्व दिने गरेका छन्। कक्षा ११ को प्रवेश परीक्षामा सहभागी हुन एसएलसीमा न्यूनतम यति प्रतिशत अंक हुनैपर्छ भन्ने मापदण्डले वार्षिक परीक्षालाई महत्व दिएको छ।

एक दशकबाट देशभरका उमाविमध्येबाट उत्कृष्ट उमावि छनोट गर्दै आएको हिमाल साप्ताहिक अन्तिम परीक्षाको अंक र उत्तीर्ण प्रतिशत नै स्तरीय शिक्षाको द्योतक हो भन्नेमा सहमत छैन। तर ३ हजार ६५९ उमाविबाट उत्कृष्ट उमावि छान्ने यो भन्दा विवादरहित र अर्को वैज्ञानिक पद्धति हामीकहाँ छैन।

Top 26.inddत्यही कारण हामीले उत्कृष्ट २६ उमावि छान्दा उच्च माध्यमिक शिक्षा परिषद्ले लिने कक्षा १२ को वार्षिक परीक्षालाई आधार बनाएका छौं। परीक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी गराएर पछिल्लो पाँच वर्ष लगातार ८० प्रतिशतभन्दा माथि उत्तीर्ण गराएका उमावि मात्र यो सूचीमा छन्। काठमाडौंको बूढानीलकण्ठ उमाविको उत्तीर्ण दर ८० प्रतिशत भन्दा बढी भए पनि विद्यार्थी संख्या ३० भन्दा कम भएकाले यो सूचीमा परेको छैन।

उपत्यका बाहिर कास्की, चितवन, दाङ, मोरङ र काभ्रेका उमावि समेत यो सूचीमा पर्नुले उत्कृष्ट कलेजमा पढ्न काठमाडौं नै आउनुपर्छ भन्ने धारणालाई गलत सावित गरेको छ।

देशभरका कलेजबाट छानिएका उत्कृष्ट उमाविलाई कक्षा १२ को पछिल्लो पाँच वर्षको औसत नतीजाको आधारमा क्रमबद्ध गरिएको छ। विज्ञान र व्यवस्थापन विषय पढाइ हुने ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी यसपटक पनि उत्कृष्टमध्ये एक नम्बरमा परेको छ।

‘एक कार्यक्रम, एक व्यवस्थापन’ लाई मूल मन्त्र बनाएको प्रसादी विगत केही वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएको छ। विद्यार्थीलाई पढ्न प्रेरित गर्ने विशेषता बोकेको प्रसादीका संस्थापक प्रिन्सिपल विक्रम राई उमावि छनोट गर्नुअघि संचालकहरूको पृष्ठभूमि, शिक्षकहरूको अनुभव, व्यवस्थापन र विद्यार्थी संख्यासँगै सुरक्षामा पनि ध्यान जानुपर्ने बताउँछन्।Top 26.indd

Top 26.indd

Top 19.indd

Top 19.indd

Top 19.inddराम्रा ७१ उमावी
विद्यार्थी जतिसुकै मेधावी भए पनि राम्रो वातावरण पाएन भने अपेक्षित नतीजा ल्याउन सक्दैन। घरको वातावरण र अभिभावकको भूमिकादेखि विद्यालय कस्तो छ भन्नेसम्मका कुरामा विद्यार्थीको पढाइ निर्भर हुन्छ।

राम्रो विद्यालय प्रत्येक अभिभावक र विद्यार्थीको चाहना भएकाले उमावि छान्न सजिलो होस् भनेर साप्ताहिक खबरपत्रिका हिमाल ले विगतमा जस्तै यस वर्ष पनि ‘राम्रा’ कलेजको सूची प्रकाशन गरेको छ।

यो सूची उच्च माध्यमिक शिक्षा परिषद्ले लिने कक्षा १२ को अन्तिम परीक्षामा आधारित छ। यसमा कम्तीमा ३० विद्यार्थीलाई परीक्षामा सहभागी गराएर पछिल्लो तीन वर्षमा लगातार ६५ प्रतिशत भन्दा बढीलाई उत्तीर्ण गराएका उमावि समेटिएका छन्।

उत्कृष्ट उमाविमा सूचीकृत २६ उमाविको नाम यसमा दोहोर्‍याइएको छैन। पछिल्लो तीनमध्ये एक वर्ष मात्रै पनि ६५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण गराएका र २९ जनाभन्दा कम विद्यार्थी सहभागी गराएर १०० प्रतिशत उत्तीर्ण गराएका उमावि पनि यो सूचीमा परेका छैनन्।

सीसीआरसी (क्यापिटल कलेज एण्ड रिसर्च) उमावि, कोटेश्वर, काठमाडौं

मुनलाइट उमावि (मोलिस) कुमारीपाटी, ललितपुर

गोल्डेनगेट इन्टरनेशनल उमावि, बत्तीसपुतली, काठमाडौं

भीएस निकेतन उमावि, मीनभवन, काठमाडौं

ख्वप उमावि, डेकोचा, भक्तपुर

पेन्टागन इन्टरनेशनल उमावि, तीनकुने, काठमाडौं

मोडल उमावि, जनकपुर, धनुषा

न्यू होराइजन उमावि, बुटवल, रुपन्देही

शिक्षा दीप उमावि, विराटनगर, मोरङ

जेभियर इन्टरनेशनल उमावि, कालोपुल, काठमाडौं

क्यारिवियन उमावि, मानभवन, ललितपुर

नासा इन्टरनेशनल उमावि, तीनकुने, काठमाडौं

रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिल, काठमाडौं

सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौं

साउथ वेस्टर्न स्टेट उमावि, बसुन्धरा, काठमाडौं

मणिमुकुन्द उमावि, बुटवल, रुपन्देही

तिलोत्तमा उमावि, शंकरनगर, रुपन्देही

सेन्ट लरेन्स उमावि, चाबहिल, काठमाडौं

डीएभी सुशील केडिया विश्वभारती उमावि, ललितपुर

मेरिल्याण्ड उमावि, विराटनगर, मोरङ

अर्किड पब्लिक उमावि, विराटनगर, मोरङ

एम्बिसन एकेडेमी उमावि, पुरानो बानेश्वर, काठमाडौं

अमर सिंह उमावि, पोखरा, कास्की

निक उमावि, डिल्लीबजार, काठमाडौं

पिनाकल एकेडेमी उमावि, लगनखेल, ललितपुर

एभरेष्ट उमावि, सोल्टीमोड, काठमाडौं

नोबेल एकेडेमी, नयाँबानेश्वर, काठमाडौं

द न्यू समिट उमावि, पुरानो बानेश्वर, काठमाडौं

नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक, धनगढी, कैलाली

माइलस्टोन इन्टरनेशनल उमावि, बालकुमारी, ललितपुर

रेडन उमावि, सामाखुसी, काठमाडौं

ओमेगा इन्टरनेशनल उमावि, कुमारीपाटी, काठमाडौं

जेभियर एकेडेमी, लाजिम्पाट, काठमाडौं

वागमती बोर्डिङ उमावि, सुकेधारा, काठमाडौं

सिद्धार्थ बोर्डिङ उमावि, दमक, झापा

न्यू क्यापिटल उमावि, टाँडी, चितवन

अर्किड साइन्स कलेज, भरतपुर, चितवन

ग्लोबल कलेजियट उमावि, रानीपौवा, कास्की

एस उमावि, बानेश्वर, काठमाडौं

सगरमाथा मल्टिपल कलेज, डिल्लीबजार, काठमाडौं

श्री उमावि, गरुडा, रौतहट

प्राइम इन्टरनेशनल उमावि, नयाँबजार, काठमाडौं

क्लासिक एकेडेमी उमावि, गौशाला, काठमाडौं

मदरल्याण्ड उमावि, पोखरा, कास्की

सेन्ट जेभियर्स उमावि, जावलाखेल, ललितपुर

क्लेज अफ बिजनेस एण्ड सोसियल स्टडिज, विराटनगर,

जेम्स उमावि, धापाखेल, ललितपुर

ब्राइटल्याण्ड उमावि, नेपालगञ्ज, बाँके

एशियन कलेज अफ हायर स्टडिज, एकान्तकुना, ललितपुर

ग्रामर पब्लिक उमावि, कोटेश्वर, काठमाडौं

करुणानिधि एजुकेशन फाउण्डेशन, सिमपानी, कास्की

शिशु निकेतन उमावि, विरौटा, कास्की

विष्णु मेमोरियल उमावि, धरान, सुनसरी

सेन्ट जोसेफ उमावि, भलवारी, रुपन्देही

विनायक उमावि, ढल्केवर, धनुषा

नाइटिंगेल इन्टरनेशनल, कुपन्डोल, ललितपुर

क्याम्पियन एकेडेमी, लगनखेल, ललितपुर

बज्रबाराही उमावि, चापागाउँ, ललितपुर

स्टेप बाई स्टेप उमावि, पोखरा, कास्की

हिमालय उमावि, धुर्कोट, गुल्मी

थलरा उमावि, कोटभैरव, बझाङ

गोरखा युनाइटेड पब्लिक उमावि, रझोना, बाँके

आदर्श विद्या मन्दिर उमावि, मानभवन, ललितपुर

अन्नपूर्ण उमावि, कमलाक्षी, काठमाडौं

सिर्जनशील जनता उमावि, मादनकुँडारी, काभ्रे

बेताल उमावि, देउरा रातापानी, बझाङ

विजेश्वरी उमावि, विजेश्वरी, काठमाडौं

कलेज अफ एप्लाइड विजनेश, धोबीखोला, काठमाडौं

नोत्र द्याम उमावि, बन्दीपुर, तनहुँ

ग्यालेक्सी पब्लिक उमावि, ज्ञानेश्वर, काठमाडौं

कल्याणीदेवी उमावि, जिलिङ, नुवाकोट

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>