थप समाचारबुधबार, आषाढ १६, २०७२
इन्डोनेशिया विमान दुर्घटना, १४१ शव बरामद
इन्डोनेशियाको मिदानमा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४१ जनाको शव बरामद भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा विमानमा सवार १२० जना सबैको मृत्यु भएको छ भने विमान दुर्घटना भएको स्थानका अन्य पनि मारिएका छन् ।
स्थानीय टेलिभिजनहरुका अनुसार सेनाको हरक्युलिस विमान त्यहाँको प्रमुख नगरको आवासीय क्षेत्रमा खस्दा हुँदा दुईवटा घर र एउटा कार पनि चपेटामा परेका थिए । त्यसपछि त्यहाँ आगोे दन्किएको थियो ।
इन्डोनेशियाली सेनाका प्रवक्ताका अनुसार विमान उडेलगत्तै दुर्घटना भएको थियो ।
दुर्घटनाको कारण पत्ता नलागे पनि प्रवक्ताका अनुसार विमानका पाइलटले प्राविधिक गडबडी भएको जानकारी दिंदै अवतरणको अनुमति मागेका थिए ।
सन् २००५ मा यसै क्षेत्रमा बोइंग ७३७ दुर्घटना हुँदा १४३ जनाको ज्यान गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>