Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सवारी चालक परीक्षा पुनः खुला - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ १६, २०७२

सवारी चालक परीक्षा पुनः खुला

हिमालखबर

trialयातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) आजदेखि पुनः शुरु गरेको छ ।

भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार पाङ्ग्रेलगायत सवारी साधनको चालक परीक्षा रोकिएको थियो ।

कार्यालयका प्रमुख उमेश बस्नेतले ट्रायल उत्तीर्ण गर्नेले राजस्व बुझाएको एक घण्टाभित्र नयाँ अनुमतिपत्र निकाल्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

कार्यालयले लिखित परीक्षा सम्पन्न हुनासाथ तत्काल नतिजा प्रकाशनको व्यवस्था मिलाएको छ । सेवाग्राहीको समस्या छिटो छरितो रुपमा समाधान गर्न सहयोगी कक्ष तथा गुनासो सुन्ने बेग्लै अधिकारीको व्यवस्था गरेको पनि बस्नेतले बताए ।

कार्यालय प्रमुख बस्नेतका अनुसार भूकम्प अगाडि मोटरसाइकल, चार पाङ्ग्रे गरी नयाँ ५०० तथा पुरानो ५०० को नवीकरण गरी दैनिक एक हजारलाई अनुमतिपत्र उपलब्ध गराइँदै आएकामा अहिले सो सङ्ख्या घटेर नयाँ तथा पुरानो दुबैको दैनिक ४०० अनुमतिपत्र मात्रै जारी हुने गरेको छ ।

त्यसैगरी ट्रक तथा बसको अनुमतिपत्रका लागि यही असार ३० गतेदेखि दर्ता फाराम खुला गरिने भएको छ । गएको असोजदेखि ट्रक तथा बसका अनुमतिपत्र जारी गर्न बन्द गरिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>