Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
द्वन्द्वको दुर्लभ दस्तावेज - Himalkhabar.com

रमझमबुधबार, आषाढ १६, २०७२

द्वन्द्वको दुर्लभ दस्तावेज

हिमालखबर

द्वन्द्वकालमा चेपुवामा परेका निरीह जनताको आँसु र स्वाभिमानले भरिएको यो पुस्तक समकालीन नेपालको सामाजिक इतिहासको अंश बनेको छ।

-सुरेश ढकाल

पुस्तक मान्ठा डराएको जुग लेखक मोहन मैनाली प्रकाशक फाइनप्रिन्ट पृष्ठ ३१६+१२, मूल्य रु.३५०

पुस्तक मान्ठा डराएको जुग
लेखक मोहन मैनाली
प्रकाशक फाइनप्रिन्ट
पृष्ठ ३१६+१२,
मूल्य रु.३५०

पत्रकार मोहन मैनालीको टोली बाजुराको पाण्डुसेन पुग्दा ‘सरकारी मान्छे’ ठानेर डराएका एक जना गाउँले त्यो समयको चित्रण गर्दै भन्छन्, “मान्ठादेखि मान्ठ डराउने जुग।” मैनालीको पछिल्लो कृति मान्ठा डराएको जुग त्यही जुग अर्थात् द्वन्द्वकाल (२०५२―२०६२) को सजीव दस्तावेज हो।

पुस्तकभित्र त्रास, विपत् र पीडाको अभिलेखन मात्र होइन, अभिशप्तहरूको स्वाभिमानको गाथा पनि छ। ‘सुदूर’ भेगमा जागृत चेतना र प्रतिरोधको वर्णन पनि छ।

पुस्तकका ६ खण्डभित्र ५८ वटा निबन्ध समेटिएका छन्, जसमा धादिङको जोगीमारा र संखुवासभाको खाँदबारी खण्डबाहेक सबै कथा कर्णालीकै फेरो लगाउँछन्। जुन खण्ड र शीर्षकबाट शुरु गरे पनि अपूरा लाग्दैनन्।

सरल भाषा, मिठास र दृश्यात्मक वर्णन– मैनालीको लेखनीका विशेषता हुन्। यो सन्दर्भमा पुस्तक परिष्कृत छ। लाग्छ, सिनेमाका पटकथा हुन् यी निबन्ध, जहाँ पाठकको कल्पनाशीलताका लागि प्रशस्त ठाउँ छाडिएको छ।

प्रायः क्यामेरासँगै यात्रा गर्ने लेखक स्वयं क्यामेरा झै सम्पूर्णता अवलोकन गर्ने खूबी राख्छन्। घुमेका ठाउँ र भेटिएका मान्छेको सम्झना जतन गर्छन्। रमाइलो त के भने यिनी पुगेका गाउँठाउँवासीले पनि यिनलाई मज्जाले सम्झन्छन्, स्वीकार्छन्। सामाजिक अनुसन्धानकर्ताका लागि यो डाहा लाग्ने कुरा हो।

निबन्धहरूका निबन्ध उस्तै विषयमा बुनिए पनि प्रत्येकमा नयाँपन भेटिन्छ। कतिपय समय र स्थानबारे आमधारणा र चलनचल्तीको संकथन विपरीत सामाजिक प्रवाह र तथ्य बाहिर ल्याउन लेखक सफल छन्। उदाहरणका लागि संग्रहमा ‘लाल सेना, काल सेना र नेपाली सेनाको’ प्रसंग छ।

पाण्डुसेनको अङ्गउपानी गाउँमा २०५६ सालतिर माओवादी लाल सेनाको ‘खानेकुरा र चन्दाका लागि करकाप’ सँग जुध्न गाउँलेले समूह नै बनाए– ‘काल सेना’।

चेपुवामा मारिनुपर्ने नियति धेरैले भोगिरहेका थिए तर पाण्डुसेनवासीले प्रतिरोधी चेतना उमारे। काल सेनाले लाल सेनाको जबर्जस्तीको विरोध गर्‍यो। लखेट्यो। तर, कात्तिक २०५८ मा लाल सेनाले काल सेनाका एक सदस्यको हत्या गर्‍यो।

ठीक एक वर्षपछि कात्तिक २०५९ मा नेपाली सेना र प्रहरीको टोलीले अरु सात जनालाई मारे। लुटी खानेका शत्रु भनिएका माओवादीको प्रतिकारमा जुन समय र भूगोलमा तिनै हेपिएका र अन्यायमा पारिएकाले सामूहिक प्रयत्न गर्नु सामान्य नभई शक्तिशाली लाक्षणिक बिम्ब थियो।

महिलाको ‘विचरापन’ र लैंगिक सम्बन्धबारे थुप्रै ‘विकासे’ संकथन छन्। लेखकले पाण्डुसेनकै अर्को प्रसंग उल्लेख गरेका छन्, गाउँका थुप्रै पुरुष एकैपटक मारिएको शोकमा डाँको छाडेर रोइरहेका ३० वर्षे वीरबहादुर बोहरालाई हुँडी रावत सहितका महिलाहरूले सम्झ्ााइरहेका छन्। यो समाजको मूल प्रवृत्ति नहोला तर बदलिंदो लैंगिक पहिचान र सम्बन्धको लक्षण भने अवश्य हो।

माओवादीले शान्ति प्रक्रिया हुँदै सरकारकै नेतृत्व लिइसकेपछि द्वन्द्वकालमा मारिएकाका प्रत्येक परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु.१० लाख दिने निर्णय गर्‍यो। कात्तिक २०५९ मा पाण्डुसेनमा मारिएका २१ वर्षीय तुला रावतका नजिकका आफन्त लालबहादुर रावत त्यही रकमबारे बुझ्न मार्तडी पुगे।

तर, कानूनी प्रक्रिया नमिलेको भन्दै उनलाई फर्काइयो। ‘मार्ने वेलामा कानूनी प्रक्रिया नचाहिने, क्षतिपूर्ति लिने वेला कानूनी प्रक्रिया मिलाउनुपर्ने?’ रावतको प्रश्न थियो। झगडा गरेर क्षतिपूर्ति नलिने भन्दै उनले भनिदिए, “बरु सरकारले त्यो पैसा विपत्मा परेका अरु कसैलाई देओस्।”

निमुखा ठानिएकाको स्वाभिमानको कथालाई लेखक ‘घोर कलियुगमा सत्ययुगको अंश’ भेटेको ठान्छन्। यस्ता अनेक प्रसंग छन् संग्रहमा।

युद्धकालमा पत्रकार नै पीडितका सान्त्वना र सहानुभूतिका स्रोत थिए। पुस्तकमा मैनाली लेख्छन्, “अरु कुनै उपाय नभएको वेला त हामी पत्रकार पनि कसैको चित्त बुझाउने मेलो हुँदारहेछौं।”

भाषा सन्तुलित छ। तर, पाठक सन्तुलित बहावसँगै चलाखीपूर्ण उतारचढावको स्वाद लिन चाहन्छन्। यसतर्फ भने लेखकबाट थप अपेक्षा गर्नुपर्ने हुन्छ। लेखाइ कतै विवरणात्मक र कतै दैनिकी जस्तो लाग्छ।

लेखक स्वयं ठान्छन्, लेखन ‘कठिन काम’ हो। पीडितप्रति निरन्तर सहानुभूतिशील भई लेखिरहनु त झनै कठिन। तर, त्यो कठिन काम मैनालीले सफलतापूर्वक फत्ते गरेका छन्। त्यसैले पनि पुस्तक द्वन्द्वकालीन इतिहास लेखनका लागि गतिलो स्रोत सामग्री बनेको छ।

लेखकले कोल्टीमा दोहोर्‍याएर भेटेका ‘साना’ कर्मचारी जसीराम सहनी भन्छन्, “अब त्यस्ता दिन कहिल्यै नआउन्।” द्वन्द्वकालका ऐंठन गराउने क्रूर कथा पढिसकेपछि पाठकले बनाउने अन्तिम धारणा पनि शायद यही हो, “अब यस्ता कथा कहिल्यै पढ्न नपरोस्।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>