Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कृषिमन्त्रीको राजिनामा माग्दै अखिलले आन्दोलन थाल्ने - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ १६, २०७२

कृषिमन्त्रीको राजिनामा माग्दै अखिलले आन्दोलन थाल्ने

हिमालखबर

कृषिमन्त्री हरिप्रसाद पराजुलीको राजिनामा माग्दै अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ ।

महिलामाथि अभद्र व्यवहार गरेकाले उनको मन्त्रीबाट राजिनामा र पार्टी कार्बाहीको माग गर्दै आन्दोलन गर्ने अनेरास्ववियुका सचिव भक्तकुमारी लामाले बताइन् । उनका अनुसार १७ असार विहान भृकुटी मण्डपमा विरोध प्रदर्शन हुनेछ ।

यसपछि, प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने अखिलले तयारी गरेको छ । लामाले भनिन्, “सार्वजनिक ठाउँमा महिलामाथि भएको अभद्र व्यवहारले मन्त्री पद र पार्टी विधानको खिल्ली उडाएको छ ।’’ उनले कार्बाही नभएसम्म विभिन्न आन्दोलन जारी राख्ने जनाएकी छिन् ।

१५ असारमा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पराजुलीले महिलामाथि अभद्र व्यवहार भएको भन्दै संसदमा समेत विरोध भएको थियो । तर, मन्त्री पराजुलीले भने आफुमाथि झुठो आरोप लगाएको बताएका छन् ।

मन्त्री पराजुली १६ असार दिउँसो गृहमन्त्री बामदेव गौतमलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>